तथ्यांकमा काेराेना भाइरस - COVID - 19

दुई समूहबीच झडप हुँदा सात राउण्ड अश्रु ग्यास प्रहार

  • प्रकाशित मितिः भदौ 27, 2077
  • मधेश स्पेशल
  • 104 पटक पढिएको

जनकपुरधाम । जनकपुरमा दुई समुदायबीच झडप हुँदा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई पक्षबीच शनिबार बिहान झडप भएपछि प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए । केही दिनअघि सकिएको मुस्लिमहरूको मोहरम्म पर्वसम्बन्धमा सामाजिक सञ्जालमा कोही व्यक्तिले टिप्पणी गरेको विषयमा दुबै पक्षबीच झडप भएको थियो ।

दुबै पक्षबीचको झडप उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको उनले बताए । देवपुरा रुपैठा नजिकै रहेको फुलगामा चौकीबाट पुगेको सई नेतृत्वको टोलीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली त्यहाँ पठाइएको छ ।

स्थिति बिग्रन नदिन घटनास्थलमा ५५ भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दुबै पक्षका मानिस तितरबितर भएर अहिले अवस्था नियन्त्रणमा रहेको डीएसपी मिश्रको भनाइ छ । स्रोत–todaypati

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६