तथ्यांकमा काेराेना भाइरस - COVID - 19

राजले जिते सुखीपुर प्रथम नगर म्याराथन

  • प्रकाशित मितिः आश्विन 24, 2077
  • मधेश स्पेशल
  • 563 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुर नगरपालिकामा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सुखीपुरमा नगर म्याराथन प्रतियोगितामा सम्पन्न भएको छ ।

 

नगर सुधार समिति सुखीपुरको आयोजनामा आयोजित “स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ राखिएको प्रथम नगर म्याराथन दौड प्रतियोगितामा सहभागी ७२ जनालाई पछि पार्दै सुखीपुर नगरपालिका वडा नम्बर ४ कविलासीका राज किशोर यादवले निर्धारित दुरी ३७ मिनेट १० सेकेण्डमा पार गर्दै प्रथम स्थान हासिल गरेको छ ।

 

१० कि.मि.को  दौडमा दोश्रो स्थानमा वडा नम्बर ८ बम मनोज कुमार यादव, तेस्रो स्थानमा सोही वडाका जितेन्द्र महतो , चौथौ स्थानमा वडा नम्बर १० का संजिव यादव रहेका छन् ।

 


विजयी खेलाडीहरुले क्रमश १०, ८, ५, र ३ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रदेश नम्बर २ का प्रदेश सभासद नरेश कुमार यादव, विशिष्ठ अतिथि प्रदेश नम्बर २ का प्रदेश सभासद मदन सेन प्रसाद श्रीवास्तव र सुनिता मोची , अतिथि सुखीपुर नगरपालिका वडा नम्बर ८ का हरिवंश महतो, नेपाली कांग्रेसका क्षेत्रिय २ का सभापति राम चन्द्र यादवले मनत्वय र पुरस्कार वितरण गर्नुभएका छन् ।


विभिन्न वडाका ७३ खेलाडीहरुले सहभागिता रहेको नगर सुधार समिति सुखीपुरका संयोजक तथा प्रतियोगितको अध्यक्ष विपि भुवन यादवले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६