तथ्यांकमा काेराेना भाइरस - COVID - 19

आउने चुनावमा मेयरमा भुवनलाई विजय गराउन नगरवासीलाई आग्रह : प्रदेश सभा सदस्य नरेश भुवन जस्तो राम्रो मान्छेलाई सहयोग गर्ने : सभासदस्य मदन सेन र सुनिता देवी

  • प्रकाशित मितिः आश्विन 27, 2077
  • मधेश स्पेशल
  • 867 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / नेपाली कांग्रेस पार्टी तर्फबाट विपि भुवन यादवलाई स्थानीय चुनावमा नगर प्रमुख (मेयर) पदमा सुखीपुर नगरपालिकामा उम्मेदवारी दिलाउने पार्टी नेताहरुको बिच गुणगान भए रहेको बेला नेपाली कांग्रेसका २ नम्बर प्रदेश सभासदस्य नरेश कुमार यादवले यादवलाई जिताउका लागि उद्घोष नै गर्नुभयो ।

 

सिरहाको सुखीपुरमा एक कार्यक्र बिच अगामी स्थानीय निकायको चुनावमा सुखीपुर नगरपालिकाको प्रमुख पद विपि भुवन यादवलाई जिताउन प्रदेश सभासदस्य नरेश कुमार यादवले जनताहरुलाई आग्रह गर्नुभयो ।


यो आग्रह र उद्घोष कुनै कोठा भित्रको कार्यक्रममा भएको होईनन् सिरहा सुखीपुर नगरपालिकामा नगर सुधार समिति सुखीपुरको आयोजनामा शनिवार आयोजित सुखीपुर नगर म्याराथन प्रतियोगिताको सम्पन्न कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको प्रदेश सभा सदस्य यादवले उद्घोष गर्दै विपि भुवन यादवलाई नगरको प्रमुख पदमा आउने चुनावमा विजय गराउन जन समुदायलाई आग्रह समेत गर्नुभएको छ ।


वहाँले थप्दै भन्नुभयो – “भुवनले बिना पद र बिना बजेट राम्रो कामहरु गर्दै आए रहका छन् तर पदमा गएपछि अझै धेरै राम्रो कामहरु गर्नेछन् । त्यसैले भुवन जस्तो होनहार युवा नेतालाई नगर प्रमुखको पद विजय गराउनु पर्छ । ”


त्यस्तै, नेकपाका २ नम्बर प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले नगरपालिकाले गरेको कामबाट म सन्तुष्ट छैनौ । नगरपालिकामा सबै पार्टीको प्रतिनिधी रहेको छ । सब भन्दा पहिले विपक्षी पार्टी (नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ) मेम्बरहरुले नै हस्ताक्षर गरी मिलोमतोमा काम गर्दै आएका छन् र पार्टी मेम्मबरले मिलोमतोमा भ्रष्टाचारगरी रहेकोले सबैले आ आफनो पार्टीको प्रतिनिधीलाई दबाब दिनुपर्छ । भुवन यादवले गरेको काम एकदैमै राम्रो रहेको छ । आजको कार्यक्रमले स्वास्थ्यमा धरै राम्रो कार्य गर्नेछन् । असल कार्य गर्ने भुवनलाई सहयोग गर्ने बताउनुभयो ।


त्यस्तैगरी, जनता समाजवादी पार्टीका २ नम्बर प्रदेश सभा सदस्य सुनिता देवी मोचीले भन्नुभयो–भुवन एकदमै राम्रो काम गर्दै आएको छ । भुवन जस्तो राम्रो काम गर्ने नेता नगर भरमा छैन् । अन्याय र अत्याचार, भ्रष्टाचारको विरोधमा लडने गरेकोले भुवनको हरदम साथ दिन तयार छौ ।


तीनवटै मान्नीयलाई नगरभर रथ बसाई रथ यात्रा निकालने नगर म्याराथन प्रतियोगितामा कार्यक्रमको अध्यक्ष समेत रहेको विपि भुवन यादवले भन्नुभयो ।


प्रतिवद्धता पुरा हुन्छ त ?
उद्घोष गरेको कुरा प्रदेश सभासदस्यको माईकमै सिमित हुन्छ की ब्यबहारमा हेर्न बाकी रहेका छन् । विपि भुवन यादवले आउने कार्यक्रमको घोषणागरी सकेको छ । रथ यात्रा । रथमा बस्न तीनै प्रदेश सभा सदस्यलाई निमन्त्रणा समेत दिई सकेकोले रथमा बस्ने बेला । बहना बनाउछन् की रथमा बस्ने छन् जन समुदायमा प्रश्न उठि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नवराजपुर गाउँपालिकाको बजेट ३१ करोड, सडक र कृषिमा प्राथमिकता

रोयाण्टर मण्डलसिरहा । सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ३१ करोड बढीको बजेट सार्व

विरोधको बाबजुद  बरियारपट्टी गाउँपालिको बजेट ५१ करोड ७ लाख बजेट प्रस्तुत

रोयाण्टर मण्डललहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का

मधेसमा ‘माइनजनी प्रथा’: मृत्यु संस्कारमा अनिवार्य भोज, विपन्नलाई ऋणको बोझ

मिथिलेश यादव   सिरहा नगरपालिका–२ को सडक छेउमा लहरै फुसका छाप्रा छन्। ती मध्ये एउटा छाप्रो

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2020 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६