रोयाण्टर मण्डल
लहान / विरोधको बाबजुद पनि बहुमतले बरियारपट्टी गाउँपालिको चौथो गाउँसभाबाट आ.ब. ०७७/०७८ का लागि कुल ५१ करोड ७ लाख ६ हजार २ सय २४ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
गाउँपालिकाको उपाध्यक्ष लगायत २ वडा अध्यक्षले गाउँपालिकाका अध्यक्ष गाउँसभा एकलौटी गर्न थालेको भन्दै गाउँपालिकामा तालाबन्दी गरेर गाउँसभा अवरुद्ध गर्न चाहेता पनि आईतवार बहुमतले गाउँसभा सम्पन्न भएको छ ।
गाउँ सभामा पारित भएको बजेट मध्ये आन्तरिक श्रोत बाट १ करोड ५५ लाख, संघीय सरकारको वित्तीय समानिकरण अनुदानको ९ करोड ६३ लाख, संघीय सरकारको सशर्त अनुदानको १७ करोड २ लाख, संघीय सरकारको विशेष अनुदानको १ करोड ५० लाख, संघीय सरकारको राजस्व बाँडफाँडको ६ करोड ४२ लाख, प्रदेश सरकारको वित्तीय समानिकरण अनुदानको ७१ लाख ५० हजार, प्रदेश सरकारको सशर्त अनुदान ८० लाख, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारको सम्पुरक अनुदानको २० लाख, सामाजिक सुरक्षा भत्ता वापत ३ करोड ५५ लाख ३७ हजार, बहुक्षेत्रीय पोषण कार्यक्रमको १० लाख ३० हजार, सौर्य उर्जा कार्यक्रमको ८ लाख र गत बर्षको आल्या रकम १० करोड ५१ हजार २ सय २४ रुपैयँ बजेट स्वीकृत भएको गाउँपालिका प्रमुख संतोष कुमार साहले बताउनुभयो ।
कोरोना ब्यपस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै वहाँले आगामी आर्थिक बर्षका विकास निर्मााण्को काम तीव्र गतिमा लैजाने । पुर्वाधार, स्वासथ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा रहेको छ । किसानको लागी सिचाईका लागि उपकरणहरु निःशुल्क उपलब्ध गराउने बताउनुभयो ।
बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष रेखा कुमारी यादवको अगुवाईमा वडा नम्बर १ का वडा अध्यक्ष नेवालाल यादव, वार्ड नम्बर ४ का वडा अध्यक्ष नवीन यादव सहितको असन्तुष्ट पक्षले तत्काल गाउँसभा विरोध स्वरुप तालावन्दी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६