सुखीपुरमा १ करोडको लागतमा राजदेवी मन्दिर निर्माण हुने

  • प्रकाशित मितिः कार्तिक 6, 2077
  • मधेश स्पेशल
  • 1222 पटक पढिएको

विजय साह

लहान / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनियाँमा १ करोडको लागतमा राजदेवी माताको मन्दिर निर्माण हुने भएको छ ।

जन समुदाय सहयोगमा यतिको रकमको निर्माण हुने सिरहा जिल्लाकै पहिलो मन्दिर हुने जानकारहरुले बताउनु हुन्छ ।

मंगलवार कुसहा लक्ष्मीनियाँ बस्ने गाउँकै जेष्ठ नागरिक सत्यदेव यादव र सुखीपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विजय कर्ण दासले सिल्यानाश गरेको मन्दिर निर्माण समितिका अध्यक्ष राज कुमार यादवले जानकारी दिनुभयो ।

 

वडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्द माताको पूजा–आराधना को साथै आज शुभ दिन पारि ३ सय १७ जना भन्दा बढी मिथिलानीहरुले भन्दा बढीको सहभागी रहेको गुमस्ता कुमार यादवले जानकारी दिनुभयो ।

 

शिल्यानाश र कलश यात्रा कार्यक्रममा सुखीपुर नगरसुधार समितिका अध्यक्ष भुवन यादव स्थानीयहरुमा बिजय कुमार यादव, दयाराम यादव, गुमस्ता कुमार यादव, सुरेन्द्र कुमार यादव, श्याम कुमार यादव लगायत उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६