रोयाण्टर मण्डल
लहान । अस्पतालले अर्थराइटिसको अपरेशन (knee joint surgery ) गरेपछि नेपाल पत्रकार महासंघ सिराहा शाखाका सदस्यको उपचारकै क्रममा निधन भएको छ ।
आईतवार अर्थराइटिसको अपरेशन भएको थियो । उपचारकै क्रममा आज मंगलवार १०ः३० बजे सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने पत्रकार कृष्ण मोहन चौधरीको निधन भएको हो ।
३५ वर्षिय चौधरीको २ हप्ता उपचार हुदै सिरहाको धनगढीमाई स्थित आर के मेडिसिटीमा अपरेशन भएको थियो । अपरेशन भएता पनि सुधार नआएपछि शुक्रवार राती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा उपचारको लागि लगियो । शुक्रवार लगेता पनि आईतवार चेक जाँचगरी धरानमा पुन अर्थराइटिसको अपरेशन भयो । अपरेशन भएर उपचारकै क्रममा आज मंगलवार निधन भएको आफन्त शत्रुधन प्रसाद चौधरीले जानकारी गराउनुभयो ।
पहिले देखि अर्थराइटिसको समस्या रहका थियो । चौधरीको ३ र ५ वर्षिया २ छोरा र ८ वर्षिया एक छोरी र पत्नी रहेका छन् । चौधरीको ५ वर्षिया छोरा आयुष चौधरीले दागवती दिएको छ । सुखीपुर स्थित रहेको गागैन खोलामा वहाँको दाहसंस्कार भएको छ ।
दाह संस्कार कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति दिनेश्वर प्रसाद गुप्ता, सचिव रोयाण्टर मण्डल, पत्रकार मणि विश्वकर्मा, शिव दयाल यादव, राम पुकार यादव , मुकेश यादव, ओम प्रकाश गुप्ता र सुनिल साह, सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव, सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, नगरसुधार समितिका विपि भुवन यादव लगायतका नेता, समाजसेवी तथा ब्यपारीहरुको उपस्थिती रहेको थियो ।
चौधरी रेडियो समाद, सलहेश संवाददाता र मिथिला अवाज सप्ताहिकका सह सम्पादक थिए । चौधरीको निधन प्रति नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ता र प्रादेशिक समिति प्रदेश नम्बर २ का महासचिव किरण कर्णले छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै दिवंगत पत्रकार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६