मधेश स्पेशल समाचारदाता
सुखीपुर (सिरहा) / स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीको तेर्हौ पुण्यतिथीको उपलक्ष्यमा आज आईतवार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।
अभियानकर्ता आ सहयोगी हातसबको आयोजनाकामा सिरहा जिल्ला सुखीपुर नगरपालिका वडा नम्बर ८ बस्ने स्वर्गीय पत्रकार चौधरीको १३ औं दिनको पूण्यतिथिमा श्रद्धान्जलीसभा कार्यक्रम गरेको हो ।
अभियानकर्ता आ सहयोगी हातसबको संयोजक तथा नेपाल पत्रकार महासंघ सिरहा शाखाका सचिव रोयाण्टर मण्डलको अध्यक्षतामा सम्पन्न भएको सो श्रद्धान्जली कार्यक्रम अभियानका सहयोगी ओम प्रकाश गुप्ताले संचालन गर्नुभएको हो ।
कार्यक्रमको भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।
https://www.facebook.com/mahesh.sing.12/videos/1873256982806455
https://www.facebook.com/nitesh.yadavnew.5/videos/156777829516283
के हो अभियान
पत्रकार चौधरीले परिवारको कमाउने एकलो अभिभावक हुनु हुन् थियो । वहाँको स्वर्गवासले परिवारमा आउने दिन ठूलो आर्थिक संकट हुने भएकोले पत्रकार रोयाण्टर मण्डलको अगुवाईमा छोरीलाई उच्च शिक्षा लगायतको आए पर्ने कष्ठको थोरै भएपनि सधान गर्न हेतु राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा चुन्ना मुन्ना खाता संचालन गरेर अभियानमा लागेपछि अहिले सबैको अभियानको रुप लिएर लाखौं रुपैयाँ सहयोग खातामा जम्मा भएको छ ।
पत्रकार मण्डलको अगुवाईमा भएको अभियानमा जनमत पार्टीका युवा नेता नवरतन साह , नितेश यादव, पत्रकार ओम प्रकाश गुप्ता, विपी भुवन यादव, पत्रकार विजय साह लगायत देश र विदेशका दर्जनौ अभियानीहरुले सबैको अभियानको नारा दिएर सहयोग संकलनमा जुटनु भएको हो ।
खातामा सबभन्दा पहिले सिरहा नगरपालिका बस्ने जसपा पार्टीका केन्द्रिय सदस्य नेतृ शोभा मण्डलले खातामा ५ हजार रुपैयाँ सहयोगगरी शुरुवात गरेको खातामा प्रमुख अतिथी समेत रहनुभएका शिक्षक देविन यादवको अगुवाईमा ६० हजार रुपैयाँ संकलन भएको थियो भने हाल सम्म चुन्ना मुन्ना अभियानमा ३ लाख २५ हजार रुपैयाँ सहयोगी हातहरुले सहयोग गर्नुभएको छ ।
स्वर्गीय पत्रकार छोरा छोरीलाई निः शुल्क शिक्षा
स्वर्गीय पत्रकारको तीन वटै छोरा छोरीलाई मोहन एजुकेशन एकेडेमीले कक्षा १० सम्म निःशुल्क पढाउने, एप मोन्टेश्वरीले एउटा बच्चालाई निः शुल्क पाउने र प्रमुख अतिथी समेत रहनु भएको शिक्षक देविन यादवले पनि एउटा विद्यार्थीलाई कक्षा१० सम्म निःशुल्क पढाउने प्रतिबद्धता गर्नुभएको छ ।
अभिभानको शब्द जस्ताको त्यस्तै
सिरहा सुखीपुर नपा वडा नम्बर ८ वस्ने वर्ष ३५ को स्वर्गीय पत्रकार कृष्ण मोहन चौधरीले प्रलोक बाँस हुनु भयो । वहाँ परिवारको कमाउने एकलो अभिभावक हुनु हुन् थियो । वहाँको स्वर्गवासले परिवारमा आउने दिन ठूलो आर्थिक संकट हुने देखिएको छ । ६ र ४ वर्ष दुई छोरा र ८ वर्षकी एक छोरी रहेका छन् । छोरा छोरीलाई शिक्षा र विवाह दानमा सहयोगी हातबाट उपलब्ध हुने रकमले सहयोग पुगने भएकोले भविष्य आउने दुखलाई थोरै भए पनि दुःखबाट छुटकारा दिलाउन सहयोग गर्ने चाहाने ईच्छुक समुह, संस्था वा व्यक्तिले राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखाको खाता नम्वर 2390100000015005 मा जम्मा गरी दिनुहुन सबैलाईअनुरोध गर्दछौ ।
खाताबलाको नाम : कशिस कुमारी चौधरी
आमाको नाम : पुनम देबी चौधरी
वुवा नाम : स्व. कृष्ण मोहन चौधरी
राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखाको खाता नम्वर 2390100000015005
खाताको किसिम ( चुन्ना मुन्ना खाता १८ वर्ष पुगेपछि मात्रै झिकन सकिने)
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६