विनाेद मण्डल सिरहा जिल्लाको धनगढीमाई नगरपालिका अन्तर्गत साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ मा रहेको परेवाभिर धार्मिक तथा ऐतिहासिक महत्व बोकेको एउटा रमणिय वातावरण भएको ठाउँ हो । वर्षेनी हजारौं को संख्यामा मानिसहरू पिकनिक खानको लागि यस ठाउँमा आउने गरेको छ ।उत्तर र दक्षिण भई फैलिएको यो भीडको मोहडा पूर्वतिर रहेको छ । करिब दुई सय फिट अग्लो यो डाँडोको माथिल्लो भागमा ससाना हजारौ को संख्यामा प्वालहरू रहेका छन् जहाँ आजभोली पनि हजारौंको सङ्ख्यामा परेवाहरू बसने गरेका छन् । ति परेवाहरुलाई सिकार गर्नुहुन्न भन्ने मान्यता रहेकोले मानिसहरूले ती परेवा लाई सिकार गर्दैनन । त्यहाँका परेवालाई खाए बिरामी हुने जनविश्वास रहेकोले मानिसहरू त्यहाँका परेवालाई देउता मानी पूजा आराधना गर्ने गरेका छन् । परापूर्वकालमा राजा सलहेश ले पालेका परेवा भएकाले ति परेवामा अनौठो किसिमका शक्ति पाइन्छ ।हावा हुरी अनि बतासले पनि असर नगर्ने टी परेवाहरू अा आफनै धूनमा भाकाहरु बोलिरहेका हुन्छन् । यस परेवा भीरमा स्नान गर्दा मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ,त्यसैले मानिसहरू माघे सङ्क्रान्तिको दिन यस ठाउँमा आई नुहाउने गर्छन् ।स्थानिय स्तरमा मानिसको मृत्यु पश्चात् अन्तिम संस्कार गरिने पवित्र स्थलको रूपमा परिचित परेवा भिर खास गरेर मंसिर महिनादेखि पिकनिक स्थल को रूपमा परिचित छ । रमणिय वातावरण भएको यस ठाउँको खोला सुसाएको अनि पाखाहरुबाट गुञ्जिने धुनहरु त्यतिकै कर्णप्रिय छन् । सिरहाका विभिन्न क्षेत्रबाट मानिसहरू पिकनिक खानको अतिरिक्त मनोरञ्जनको लागि यस ठाउँमा आउने गरेको छ। परेवा भीरमा स्नान गरी भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । यस ठाउँमा आई दर्शन गरेमा रोग पनि निको हुने जनविश्वास छ । यस ठाउँमा तत्काल संरक्षण र ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६