रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन अस्ताउँदो सुर्य भगवानलाई अघ्र्य दिई सिरहाको सुखीपुरधाम लगायत देश विदेभरी धुमधामका साथ छठ पर्व मनाउने भएको छ ।
छठको तेस्रो यर्थात आज शुक्रवार मुख्य दिन अस्ताउँदै गरेको षष्ठी माता तथा अस्ताउँदो सुर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन विहानै देखी मिथिलाञ्चलवासीहरु पोखरी,तालतलैया र जलासयलाई सिङ्गारि नै गरेको हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको अर्घ दिने गरिन्छ ।
सिरहाको सुखीपुर स्थितका रामजानकी मन्दिर पोखरी, गागैन खोला तथा बाबुराम खोला लगायतका मिथिला र देश विदेशभरका लाखौ पोखरी र ताल तलैयामा करोडोको संख्यामा सामुहिक रुपमै अस्ताउँदो सुर्यलाई घरमा बनाई राखेको विभिन्न प्रकारका फलफूल तथा गहुँको पिठोले बनाईएको सामग्रीको षष्ठी माता तथा सुर्य अस्ताउँदो सुर्य देवतालाई अघ्र्य दिई मनाउने हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै तेस्रो दिन अर्थात आज शुक्रवार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटमा गई षष्ठी माता तथा अस्ताउदो सुर्यलाई अघ्र्य दिइएका छन् ।
त्यस्तै चोथो दिन यर्थात भोली शनिवार एकाबिहानै पुन ः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरीन् थियो अहिले देश विदेशभर मिथिलानीहरु मनाउने गरेका छन् ।
फोटो क्याप्सन
सिरहाको सुखीपुरधाम स्थित रहेको रामजानकी पोखरीको गत वर्ष मनाईएको छठ छठ पर्वको फाईल तस्वीर
तस्वीर– रोयाण्टर मण्डल / सिरहा
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६