आँगनमा पोखरी बनाई अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

  • प्रकाशित मितिः मंसिर 5, 2077
  • मधेश स्पेशल
  • 1086 पटक पढिएको

विनोद मण्डल

सिरहा / छठ पर्वअन्तर्गत बर्तालुले आज शुक्रवार यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पूजार्चना गरेका छन् ।


आज छठको तेस्रो दिन नदी ,पोखरी,पानीको तलाउमा मनाइने छठ पर्व सिराहा जिल्लाको धनगढीमामाई १२ का बस्तीहरूमा पानीको अभावका कारणले गर्दा कहीं इनार वरिपरि त कहीं आँगनमा पोखरी बनाई कहीं बारीमा खाल्डो खनी बाँसको सहाराले सजावट गरी त्यसमा केराको थम्बा राखी निष्ठापूर्वक आबसेक सजावट गरी मोटरको सहाराले पानी राखी आ आफ्नो घरबाट भाँडोमा पानी घाट सम्म लगी उक्त पानीले स्नान गरी अस्ताउँदो सूर्यलाई अर्घ दिई व्रतालुले छठको तेस्रो दिन यर्थात आज शुक्रवार मानाईयो ।

 

परम्परागत धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस पर्वमा व्रतालुले निक्कै कष्टपूर्ण तरिकाले उपवास बस्ने गरेको विदित छ तर यस ठाउँमा पोखरी नभएकोले सामाजिक दूरी बनाई छुट्टा छुट्टै छठ मनाएकोमा दुःख अधिकांश मानिसले मानेको बताए । प्रयाप्त मात्रामा खाली र ऐलानी पर्ती जग्गामा फैलिएको धनगढीमाई बिष्णुपुर्कट्टीमा खाली जग्गामा पोखरी खन्दा वर्षमा एक पटक सामाजिक रूपमा सबै एक ठाउँमा भेटघाट हुने जनविश्वास छ । यस विषयमा सरोकारवाला निकायले चासो लिन जरुरी छ ।


अर्घ सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ । यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका परिकारहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउँदो सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ ।

 

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । यो पर्व वर्षभरमा दुईपटक मनाउने गरिएको छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महीनाको षष्ठीका दिन मनाइन्छ ।

 

षष्ठी तिथिलाई विशेष खगोलीय अवसर मानिएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएमा यसको किरणको प्रभावले चर्मरोग नहुने र पुत्र प्राप्त हुने विश्वास पाइन्छ । छठको विधि विधानले शरीर र मनलाई सौर्य ऊर्जा अवशोषणका लागि तयार गर्दछ । छठ पूजाको यही प्रक्रियाका लागि प्राचीन ऋषिमुनिले खानपिन नगरी कठोर तपस्याको ऊर्जा प्राप्त गरेका थिए ।

 

सूर्य उपासना लाभदायक र आरोग्य क्षमतामा वृद्धि हुने तथ्य रहेको बताइन्छ । सूर्यलाई आदि देवता पनि भनिन्छ । मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ । वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ । वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६