सुखीपुरमा १ सय ५० जना गरिव विपन्नलाई कम्बल वितरण

  • प्रकाशित मितिः मंसिर 30, 2077
  • मधेश स्पेशल
  • 1577 पटक पढिएको

सुखीपुर (सिरहा) / चिसोबाट प्रभावित सिरहाका १ सय ५० गरिब तथा विपन्न समुदायका परिवारलाई सोमवार कम्बल वितरण गरिएको छ ।

सोमबार सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित अस्पताल चौकमा कार्यक्रमगरी स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुखीपरले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।

तराई मधेशमा केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थाले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

कम्बल वितरण कार्यक्रमको प्रमुख अतिथीमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यकारी प्रमुख (सिईयो) राजन मगर, विशिष्ट अतिथीमा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, नगर सुधार समिति सुखीपुरका अध्यक्ष वीपी भुवन यादव र सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी, अतिथीम ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राम नरायण यादव र सशस्त्र प्रहरी वेश क्याम्पका प्रहरी सहायक निरीक्षक विदेशी मगर रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता स्वदेशी लघुवित संस्था शाखा कार्यालय सुखीपरका प्रवन्धक नागेन्द्र प्रसाद  यादवले गर्नु भएको थियो ।

Image may contain: 2 people, including Nagendra Prasad Yadav, people sitting and people on stage

कार्यक्रमका सुखीपुर नगरपालिकाभरी भरीका १ सय ३० जनालाई र गोलबजार नगरपालिकाको वडा नम्बर १३ का २० जना विपन्नलाई वितरण गरिएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरण गरेको शखा प्रवन्धक यादवले जानकारी गराउनुभयो ।

सुखीपुर नगरपालिकामा दर्जनौ लद्युवीत र सहकारी संस्थाहरु रहेको छ तर यस प्रकारको जनताको सहयोग गर्ने स्वदेशी लघुवित्त वित्तीय संस्था मात्रै भएकोले सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष महतो, नगर सुधार समितिका यादव र सुखीपुर व्यपार समितिका चौधरीले स्वदेशी लद्युवीत संस्थालाई प्रशंसा पत्रले सम्मान गर्नुभएको छ ।

Image may contain: 2 people, people standing and indoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६