सुखीपुरमा धुम धामका साथ विवाह पंचमी महोत्सव, लहानबाट राम सहित आए बराती

  • प्रकाशित मितिः पुष 4, 2077
  • रोयाण्टर मण्डल
  • 1513 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / सिरहाको सुखीपुरमा पनि आज विवाह पंचमी महोत्सव धुम धामका साथ मनाउदै छ ।


मर्यादा पुरुषोत्तम श्रीराम र सीता माता बीच विवाह भएको दिनको सम्झनामा गत वर्ष देखि मनाउदै आएको श्री राम जानकी मन्दिर सुखीपुरमा यस वर्ष धुमधामका साथ विवाह पंञ्चमी महोत्सव मनाउदै छन् ।

No description available.
बिबाह पंचमी महोत्सवको अवसरमा श्री राम जानकी मन्दिर सुखीपुरमा लहान स्थित रहेको राधा कृष्ण मन्दिरबाट राम सहित बजा गजा सहित बराती आउनु भएका छन् ।

https://www.facebook.com/100011717160669/videos/1238856426514918/

https://www.facebook.com/100011717160669/videos/1238879066512654/


बरातीहरुलाई स्वागत गर्न सुखीपुर बजारका नगरवासीहरुले आ–आफनो घरको अगाडी फूलमलाले स्वागतको साथ साथ फल फूल दिएर स्वागत गरेको श्री राम जानकी सेवा समिति सुखीपुरका अध्यक्ष नागेश्वर चौधरीले बताउनुभयो ।

No description available.
वहाँले थप्दै भन्नुभयो – राम जानकी मन्दिर सुखीपुरमा बराती आएकालाई स्वागतका लागि भरपुर ब्यवस्था गरेको छ । खान र बस्न समेत ब्यवस्था रहेको छ । साथै राम जानकी मन्दिरमा छोरीलाई विवाह गर्न जति प्रक्रिया अपनाउनु पर्छ । सबै रित रिवाजलाई पुरा गर्दै विवाह महोत्सव सम्पन्नगरी कोशिर्ली सहित विदाई गर्ने योजना रहेको छ ।


आज राम जानकी मन्दिरहरुमा पुजापाठ गर्ने भक्तजनहरुको विहानैदेखि भीड लागको छ । भगवान राम र सीताको बिबाहको वार्षिकोत्सवको अवसरमा आज बिबाह पंचमी महोत्सव मनाउदै छ । बिबाह पंचमीको अवसरमा लहानबाट आएका बराती र हजारौ दर्शनार्थीहरुको घुइचो रहेको छ ।


आज श्री राम विवाहोत्सव हो । मार्गशीर्ष शुक्ल पंचमीको दिन भगवान जानकी माता संग राम के साथ विवाह भएको थियो । त्यसैले आजको तिथिलाई विवाहोत्सव ( विवाह पंञ्चमी) को रूप मनाउदै आएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६