सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला

  • प्रकाशित मितिः पुष 7, 2077
  • रोयाण्टर मण्डल
  • 1277 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ ।

 

आज मंगलवार विहान कार्यालय खुलेपछि कार्यालय सरसफाई गर्ने बेलामा कार्यालय सहयोगीले गेट नजिक एउटा कालो ब्याग राखिएको देखेपछि सहयोगीहरुले ब्यागमा के छ हेर्न खोलेपछि कुकुर बम देखेर कार्यालय सहयोगीहरुले ब्यागलाई त्यहाँबाट तल ल्याएको राखिदिएको छ ।

 

बम फेला परेको सूचना पाउनसाथ ईलाका प्रहरी तथा सशस्त्र वेश क्याम्पस सुखीपुर ईन्चार्जहरु टोली लिएर घटना स्थल पुगिसकेको छ भने आर्मीको डिस्पोजल टोली आउदैछन् जानकारीमा आएको छ । ३ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको अनुमान रहेको छ ।

 

को कति बेला कसरी बम कार्यालयमा राखेको घटनाबारे थप विबरण आउन बाँकी रहेको छ । बम फेला पछि कार्यालय शिल गरिएको छ ।

Image may contain: outdoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६