रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / जन जागृति युवा क्लब सुखीपुरलेले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । संस्थाले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंगलवार आफनै भवनको कम्पाउण्डमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
क्लब आयोजना र श्रमजिवी केयर अस्पताल धनगढीमाई सोनापुरको सहकार्यमा भएको शिविरमा विशेषगरी महिला, वृद्धवृद्धालाई ग्राहयता दिइएको थियो । गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका थिए ।
निःशुल्क स्वास्थ्य शिविरमा ५ सय भन्दा बढी स्थानिय जनसमूदायले स्वास्थ्य परिक्षण गराई लाभान्वित भएको साथै विमारीहरूलाई स्वास्थ्य परीक्षणसँगै केही औषधी समेत निःशुल्क वितरण गरिएको जन जागृति युवा क्लब सुखीपुरका अध्यक्ष रुपेश महतो (मुरली) ले बताउनुभयो ।
वहाँ भन्नुभयो डा० गिता यादव , (MBBS MS. OBS Gynecologist) , महिला तथा प्रसुती रोग विषेशज्ञ डा० अवीद हुसैन अन्सारी , (MBBS MS. Ortho &Trauma), हाडजोर्नी तथा नसा रोग सम्बन्धित ३. डा०संजय प्रसाद साह (MBBS MD interanal medicin) , बरिस्ठ फिजिसियन , डा०मुकेन्द्र कुमार साह (MD Paediatrics), बाल रोग विषेशज्ञ , डा० प्रदीप कुमार यादव MBBS MS (सर्जन ) र डा० ओम प्रकाश् मण्डल MBBS( मेडिकल अफिसर ) ले उपचार गर्नुभएको छ ।
शिविर कार्यक्रमको प्रमुख अतिथि २ नम्बर प्रदेश सभा सदस्य मदन सेन प्रसद श्रीवास्तव र क्लबका अध्यक्ष रुपेश महतो (मुरली) को अध्यक्षतामा शिविरको औपचारिक उद्घाटन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी श्रीवास्तवले धेरै राम्रो कार्य भएको छ । म यसलगायत अन्य सेवामुखी कार्यक्रममा सहयोग गर्ने बताउनुभयो ।
त्यस्तैगरी वक्ताहरु सुखीपुर ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी लगायतले आफनो मनत्व राख्नुभएको थियो साथै नगर सुधार समितिका अध्यक्ष बि पी भुवन यादव , जन जागृति युवा क्लब सुखिपुरका पुर्व अध्यक्ष सुशिल निरौला ,पुर्व सचीव बिजय निरौला , क्लबको संंस्थापक सचिब ज्ञान प्रशाद साह , ,पत्रकार ,समाजसेवी , लगायतकोको सहभागिता रहेको पत्रकार तथा क्लवका सचिव विक्की रौनियारले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६