सुखीपुरमा जोगिरा गायन प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः चैत्र 16, 2077
  • मधेश स्पेशल
  • 1304 पटक पढिएको

रोयाण्टर मण्डल / ओम प्रकाश गुप्ता
सिरहा / तराई मधेशको लोकप्रिय होलीमा गाईने जोगिरा गीत लोप हुँदै गईरहेकोले संरक्षण गर्ने उद्देश्यले होली मिलन आउर जोगिरा गायन प्रतियोगिता सम्पन्न भएको छ ।


सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित एप मन्टेश्वरी स्कुलको अगाडीमा नयाँ नेपाल एकिकृत विकास केन्द्र सुखीपुरको आयोजना एप मन्टेश्वरी स्कुल सुखीपुरको प्रायोजकमा भएको जोगिरा गायन प्रतियोगितामा तीन स्थानीय तहका ४ वटा टोली सहभागी रहेको थियो ।


प्रतियोगितामा सुखीपुर नगरपालिका २ वटा टोली, धनगढीमाई नगरपालिकाका १ वटा टोली र औरही गाउँपालिकाका १ वटा टोलीको सहभागिता रहेको थियो ।

No description available.

प्रतियोगितामा धनगढीमाई नगरपालिका वडा नम्बर ५ गोठ चौकको टोली प्रथम पुरस्कार जित्न सफल भएको छ । त्यस्तै दोस्रो पुरस्कार सुखीपुर नगरपालिका वडा नम्बर ८ महदेवा , तेस्रो पुरस्कार सुखीपुर नगरपालिका वडा नम्बर २ विद्यानगर र चौथो पुरस्कार औरही गाउँपालिका तुलसीपुरका समुह समूह जित्न सफल भएको हो ।

 

जोगिरा गायन प्रतियोगितामा प्रथम टोलीलाई २ भरको चाँदीको तग्मा , दोस्रो हुने टोलीलाई डेढ भरिको चाँदीको तग्मा , तेस्रो हुने टोलीलाई १ भरिको चाँदीको तग्मा र चौथोे हुने टोलीलाई सन्तावना पुरस्कार प्रदान गरिएको छ ।

May be an image of 3 people, people sitting and people standing

कार्यक्रममा पुरस्कार वितरणमा लागेको सबै तग्माको खर्च सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य महेश कुमार साहले प्रदान गर्नुभएको थियो । त्यसैगरी शिवं बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुखीपुरका संजित कुमार यादव, सुखीपुर उद्योग ब्यपार समितिका अध्यक्ष शत्रुधन प्रसाद चौधरी , सुखीपुर वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो र जनजागृती युवा कलबका अध्यक्ष रुपेश महतोले सहयोग गर्नुभएको थियो ।

May be an image of 4 people, including Royantar Mandal and Dev Narayan Yadav, people standing and outdoors

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६