रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) । वालबालिकालाई दिवा खाजा संचालन , आय व्ययको प्रमाणित प्रतिलिपी लगायतको मांग राख्दै सयुक्त संघर्ष समितिले आज मंगलवार पनि सुखीपुर नगरपालिकाको मुलगेटमा धर्ना बसेका छन्।
बारम्बार मौखित र ज्ञापनपत्र मार्फत मांगहरु सम्बोधन गर्न आग्रह गर्दा पनि अटेरी गरेकोले बाध्य भई अटेरीको विरोधमा धर्ना दिनुपरेको धर्नाकर्ता विपि भुवन यादवले जानकारी गराउनुभयो।
अर्का धर्नामा बसेको जसपाका युवा नेता हरेराम यादवका अनुसार , बालबालिकाको खाजामा मात्रै लाखौं लाख रुपैयाँ भ्रष्टाचार गरिएको छ । गत वर्ष बालबालिकाहरुलाई खाजा नखुवाई प्रधानाध्यापकसंग मिलोमतोमा खाजा रकम निकासागरी बाडफाड गरेको आरोप लगाउनुभयो ।
आज प्रदेश सरकारको सार्वजानिक विदा भएपछि कार्यालय बन्द भएता पनि ज्ञान कुमार साहको अध्यक्षमा धर्ना बसेको छ । यस भन्दा पहिले शुक्रवार वयोवृद्ध नेपाली कांग्रेसका नेता राम प्रसाद चौधरीको अध्यक्षताको बसेको थियो ।
आफनो पालामा कुनै रकम निकासा नभएको र धर्ना हुनुभन्दा पहिले देखि नै क्यौ विधालयमा खाजा कार्यक्रम संचालन रहेको छ र बाकी विधालयमा होली पछि संचालनमा आउने सुखीपुर नगरपालिकाका शिक्षा प्रमुख भरोषी यादवले जानकारी गराउनुभयो ।
त्यसैगरी, , राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गरिने छ ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको प्रेस सल्लाहकार ईश्वरराज ढकालले अन्नपूर्ण अनलाईनलाई जानकारी दिए ।
केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल(कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
देशभर विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म करिब ७० लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । काठमाडौं उपत्यकासहित देशका कैयौँ भेगमा फैलिएको वायु प्रदुषण र तुवाँलो तत्काल हट्ने सम्भावना नरहेको विज्ञहरूले बताएपछि सरकारले यो निर्णय गरेको हो। प्रदूषण हट्न आवश्यक पर्ने वर्षा वा वायुको गतिका लागि केही दिन अझै प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको विज्ञहरूले बताएका छन्।
वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई सावधानी अपनाउन अपिल गरिसकेको छ। मन्त्रालयले सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू देखापर्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६