लहानमा फेरी डकैती, हतियार देखाएर लाखौ लुटेर फरार

  • प्रकाशित मितिः बैशाख 28, 2078
  • मधेश स्पेशल
  • 2458 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / सिरहाको लहान नगरपालिका–१ सिग्राही मटिर्वाको नयाँ वस्तीमा डकैती भएको छ । स्थानीय ईन्द्र देव ठाकुरको घरमा ७/८ जनाको समूहमा आएको डाँकाहरुले मध्यरात (१२ बजेर ३६ मिनेट ) मा डकैती गरेका हुन् । उनीहरुले ६ लाख बराबरको नगद र गरगहना लुटेर फरार भएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिए ।

 

घरमा डाँका हुने बेलामा घरको सम्पुर्ण सदस्यको मोवाईल नियन्त्रमा लिएपछि लुटेर लगेको छ । लुटेर लगेपछि राती नै पिडतले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले फोन गरेर प्रहरीलाई तत्काल जानकारी गराउन फोन लगाउदा ईलाका प्रहरी कार्यालय लहानको संचार शाखाको मोवाईल सेटमा फोन गएता पनि फोन उठेन् । त्यसपछि फोन सेटमा फोन लगाउदा घण्टी मात्रै बोली रहे फोन उठेन । बारम्बार फोन गरेपछि मात्रै फोन उठेपछि प्रहरी आएको पिडित ठाकुरको गुनासो रहेको छ ।

No description available.

घर छठमा सिढीलाई चढेर घरमा प्रवेश गरी पिडित ठाकुरका दुवै छोरालाई कन्चटमा पेस्तौल राखी दराजको साचो लिई दराज भित्र रहेको नगद ६ लाख रुपैयाँ र छोरी बुहारीले लगाएको लगभव २ तोला सुन र २० तोला चाँदी लुटेर लगेको पिडितका छोरा ओम ठाकुरले बताए ।


सूचना पाएलगतै ईलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोली घटनास्थल पुगेका थिए । पुगेर राती देखि नै अनुसन्धान थालिएको छ । प्रहरीले डाँकाहरुको समूहलाई प्रकाउ गर्न सकेको छैन । डाँकाहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


लहान नगरपालिकामा बारम्बार डकैटी चोरीका घटना वृद्धि भए रहेको प्रति जनता त्रासमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६