महन्थ उपेन्द्रको संयुक्त वक्तव्य कसैको नेतृत्वको सरकारमा नजाने, आफैं नेतृत्व गर्न पाए अघि बढ्ने

  • प्रकाशित मितिः जेठ 4, 2078
  • मधेश स्पेशल
  • 977 पटक पढिएको

लहान । जनता समाजवादी पार्टीले तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

 

आज अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति निकालेर पार्टी प्रतिपक्षमै रहने उल्लेख गरेका छन्।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन्।

आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन्।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो। ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो।

गाली गलोज गर्ने कार्यकतालाई कर्वाही गर्नु पर्ने

जनता समाजवादी पार्टीका नेताले फेशबुकमा लेख्नुभयो – हामी केही दिन पहिला यस्तै फोटो राखेर पोस्ट गरेको थिये सबलाई स्मरण होला सायदरुयदि स्मरण नभएमा म यो प्रष्ट गर्न चाह्न्छु अस्तिको लेखमा हाम्रो नेतृत्व पंक्तिमाथि पुर्ण बिश्वासछ भने शब्द प्रयोग गरेको थिये त्यो आज यो प्रेस बिग्यप्ती बाट प्रष्ट भयो,तर जिल्ला जिल्लाका केहि नेता तथा कार्यकर्ताहरु बाट जुन नेताहरु प्रति अपशब्द भाषा प्रयोग निरन्तर चलिरहेकोछ तयस्को सामाधान भयेन,त्यसमा पनि सब भन्दा बढी गलत तरिकाले अपशब्द प्रयोग गरेको हेर्दा सिराहाको नेताज्यु हरुमा पनि कमिछैन,केन्द्रिय स्तरको कार्यहरुमा तल्लो स्तरको नेता तथा कार्यकर्ताहरुलाई यति सम्मको छुट दिनु पार्टीको लागि दुर्भाग्यनै हुनेछ,तसर्थ समयमै सचेत हुन जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६