तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहा प्रहरीकाे सक्रियता अक्सिजन सिलिण्डर सङ्कलन गर्दै

  • प्रकाशित मितिः जेठ 5, 2078
  • मधेश स्पेशल
  • 357 पटक पढिएको

राजेन्द्र महताे
लहान / सिरहाको विभिन्न ठाउँबाट प्रहरी ले सिलिण्डर सङ्कलन गर्न थालेको छ ।

अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि सिरहा प्रहरीले सिलिण्डर सङ्कलन गर्न थालेको हो ।

कोभिड १९ का कारण देशभर अक्सिजन सिलिण्डहरुको अभाव भईरहेका बेला जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतका प्रहरी कार्यालय को सयुक्त टोलीले सिरहाको विभिन्न निजी उद्योगहरुबाट अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलिले मिर्चैया नपा -१ स्थित सूर्या सिमेन्ट उद्योग प्रा . लि .बाट ३० थान सिलिण्डर सङ्कलन गरेको छ।

त्यस्तै सोही टोलिले कर्जन्हा नपा -४ बन्दिपुर स्थित प्रशान्त वालुवा प्रशोधन उद्योगबाट ३ थान सहित ३३ थान सिलिण्डर सङ्कलन गरेको छ।

सङ्कलित सिलिण्डर डीसीसीएमसी सिरहाको निर्णय बमोजिम स्वास्थ्यकार्यालय सिरहाको पत्रानुसार अक्सिजन रिफिल गरी आवश्यकता अनुसार परिचालन गर्न रेडक्रस सोसाइटी सिरहा शाखाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डेले बताएका छन।

अहिले देशभर अक्सिजन सिलिण्डरको अभाव का कारण कोरोना सङ्क्रमितहरुले ज्यान समेत गुमाउनुपर्ने अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

मधेसको राजनीति

–भोला बनियामधेस नेपालको एउटा यस्तो अभिन्न भाग हो । जहाँबाट देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाएको छ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६