रोयाण्टर मण्डल
लहान / आज विहानै जसपा अध्यक्ष महन्त ठाकुरलाई प्रधान मन्त्री बनाउनु गर्ने उद्घोष गर्नुभएको उपेन्द्र यादवले ६ घण्टा नवित्दै माधव नेपाललाई प्रधानमन्त्री बनाउन छलफल कार्यक्रममा सहयागी भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने भन्नुभएको थियो ।
आज शुक्रबार बिहान संचारकमीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा हाम्रो पार्टीले अगाडि सार्ने यादवले भननुभयो तर बोलेको कुराको ६ घण्टा नवित्दै विपक्षी गठबन्धनको सरकार निर्माणबारे छलफल गर्न अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा छलफल कार्यक्रममा जसपाका उपेन्द्र यादव , एमालेका माधव नेपाल र कांग्रेस, माओवादी नेताहरु सहभागी छन् ।
२ दिन पहिले जसपाका महन्त ठाकुर र उपेन्द्र यादवले सयुक्त विज्ञप्ती जारीगरी आफनो पार्टीको नेतृत्वमा बन्ने सरकारमा मात्रै सहभागी हुने प्रतिवद्धता गर्नुभएको थियो । प्रतिवद्धता अनुसार नै अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरको नाम प्रधानमन्त्रीमा सार्नु भयो तर नाम सारेको दिन नवित्दै ठाकुर वाहेकको सरकार बनाउने कार्यको छलफलमा लागेपछि संयुक्त विज्ञप्ती विपरीत कार्य भएको जसपामा चर्चा परिचर्चा भए रहेको छ ।
मधेशमा अहिले यादव पक्षका नेताहरुले ठाकुर र महतोलाई समाजिक संजालमा विरोध र आरोप लगाउने गरेका छन् भने ठाकुर र महतो पक्षका नेताले यादवको विरोधमा समाजिक संजालमा खुल्याम विरोध गरी रहेका छन् ।
छलफल कार्यक्रममा यसरी बहुमत मिलाउदै
नेपाल पक्षमा एमालेका २८ जना सांसद छन् । कांग्रेसका ६१ र माओवादीका ४९ सांसद छन् । र, जसपाको उपेन्द्र यादवको पक्षमा १५ जना सांसद छन् । त्यो संख्या जोड्दा १५३ जना सांसद पुग्छन् । त्योअनुसार सरकार बन्ने अवस्थाका लागि अधिक बहुमत हुने छ ।
संविधानविद् के भन्छ ?
अहिले संविधानको धारा ७६ को ५ अनुसार बन्ने सरकारमा पार्टीको ह्वीप नलाग्ने भएकाले विपक्षी गठबन्धनले उक्त प्रयास गरेको हो । संविधानविद् भीमार्जुन आचार्यले ५ अनुसार सरकार बनाउन दलको ह्वीप नलाग्ने बताए । त्यसैगरी, संविधानविद् पूर्णमान शाक्यले भने ह्वीप लाग्ने कि नलाग्ने भन्ने विषय प्रस्ट व्याख्या नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६