काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) ले सरकारमा सहभागीको विषयमा पार्टीभित्र छलफल शुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन जसपालाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोले त्यसबारे पार्टीमा छलफल सुरु गरेका हुन् ।
एकजना कार्यकारिणी सदस्यका अनुसार पार्टी सरकारमा जाने लगभग निश्चित भइसकेको र अहिले कतिवटा मन्त्रालय लिने, क–कसलाई मन्त्रीमा पठाउने विषयमा छलफल भइरहेको छ ।
जसपा नेपाल ९महन्थ ठाकुर पक्ष० संसदीय दलका नेता समेत रहेका राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने कुरा तय भइसकेको उनको दाबी छ । अध्यक्ष ठाकुर र नेता महतोले आजै प्रधानमन्त्री ओलीसँग यस विषयमा छलफल गर्ने बताइएको छ ।
मन्त्री बन्ने सूचीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षबाट महन्थ ठाकुर पक्षमा लागेका उमाशंकर अरगरिया र विमल श्रीवास्तवको नाम रहेको छ । बाँकीको विषयमा पनि छलफल भइरहेको छ । पूर्वराजपा छवटा दल मिलेर पार्टी बनेको थियो ।
त्यसमध्ये महेन्द्रराय यादव उपेन्द्र यादवको पक्षमा लागेका छन् भने अन्य पाँचजना बाँकी छन् । पाँचजनामा मन्त्रालय बाँडफाँड हुने बताइएको छ ।
जसपा ९महन्थ ठाकुर पक्ष० का कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले भने अहिले नै सरकारमा जान हतार गर्न नहुने आफूले सुझाव दिएको बताए । उनले भने, ‘बिहानैदेखि मैले शीर्ष नेताहरुलाई फोन गरेर परिस्थिति हेरेर मात्र सरकारमा जाने विषयमा निर्णय गर्न सुझाव दिएको छु, उहाँहरुले के गर्नुहुन्छ भन्ने मलाई थाहा छैन ।’
संसद विघटन नहोस् भनेर आफूहरुले बहुमतको सरकार बनाउन प्रधानमन्त्री ओलीलाई साथ दिएको तर संसद नै विघटन भएको भन्दै उनले यो अवस्थालाई अलिकति अध्ययन गरेर मात्र कुनै कदम उठाउँदा उपयुक्त हुने बताए ।
‘सत्ताको खेलमा जेजस्तो घटना पार्टीभित्र भएपनि यो अवस्थामा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउँदै नेता भण्डारीले पार्टीभित्र देखिएको विवादलाई मिलाएर एकढिक्का भएर अगाडी बढ्नुको विकल्प छैन,’ उनले भने, ‘नत्र मधेशमा पार्टीमाथि यसको नराम्रो प्रभाव पर्ने निश्चित छ ।’(रातोपाटीबाट)
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६