तथ्यांकमा काेराेना भाइरस - COVID - 19

प्रदेश सभा सदस्य श्रीवास्तव द्वारा ब्हिल चियर वितरण

  • प्रकाशित मितिः भदौ 18, 2078
  • मधेश स्पेशल
  • 372 पटक पढिएको

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्लामै प्रदेश सभा सदस्यमामा सवभन्दा बढी मतको अन्तरले विजय हुनु भएको मदन सेन प्रसाद श्रीवास्तवले सिरहाको सुखीपुरमा अपाङ्गता भएका व्यक्तिलाई ब्हिल चियर वितरण गरिएको छ ।


सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित सुखीपुर बजारका विश्वनाथ साहलाई ब्हिल चयर वितरण गरिएको हो ।


शारीरिक रुपमा अशक्त र अपाङ्ग भएका साहलाई सहज होस भन्ने उदेश्यले व्हिल चियर वितरण गरेको छ ।  जन जागृती युवा कलवका सहकार्यमा वितरण गरिएको जानकारीमा आएको छ ।


व्हिल चियर पाएर साह हर्षित बनेको छ । घरदेखी स्थानीय छरछिमेक वा बजारसम्म र काम बिशेषले बिभिन्न स्थानहरुमा पुग्न सहज भएकोमा उनले व्हिल चियर ब्यक्तिगत रकमले उपलब्ध गराइदिनुहुने प्रदेश सदस्य श्रीवास्तवलाई धन्यवाद दिनुभयो ।


श्रीवास्तवले प्रदेशबाट आएका वजेटलार्इं जनमुखी विकास गर्दै आएका छन् । गरीब दुखीका छोरा छोरीको विहेमा महगो सदन भडामा लिन नपरोस् भन्दै श्री राम जानकी मन्दिर सुखीपुरमा सदनको कार्य शुरुवात गरि सकेका छन् । त्यसैगरी, भवन बिनाको श्री राम जानकी वृज नारायण जनता बहुमुखी क्याम्पसमा विद्यार्थीका अध्ययन गर्न श्री जनता माध्यमिक विद्यालयमा जानु परेका बाध्यता हटाउन कक्षा कोठा सम्पन्न गर्न लगाएका छन् । वहाँले आफनो निर्वाचन क्षेत्रको प्रत्येक वडामा वजेट विनियोजनगरी कार्य गर्दै आएकोले चौतर्फी प्रशंसा भए रहेको छ ।


त्यती मात्रै होईन वहाँले ब्यक्तिगत स्रोतबाट कोरोनाको कहरमा पहिलो पटक लक डाउन भएपछि सुखीपुर र धनगढीमाईमा नगर स्तरीय गरिब विपन्नका लागि निःशुल्क खानाको ब्यवस्था गरेपछि दिनको ३ सय भन्दा बढी परिवारलाई खाना खुवाउनु कार्य गरेपछि प्रदेशमै लोक प्रिय प्रदेश सभा सदस्य बन्नुभएको थियो ।


वहाँको कार्यको बखान नेपालका स्थानीय मिडिया देखि राष्ट्रिय मिडिमा स्थान दिएर समाचार प्रकाशन र प्रसारण गरेको थियो ।


नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित हुनुभएका वहाँ पार्टी फुटेपछि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ ।

तस्वीर सहयोग – रतनेश चौधरी

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माधव नेपाल ठुलो संयन्त्रकारी रहेको पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आरोप

विन्दे यादवसिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६