शैलेन्द्र महतो
जनकपुर / जनता समाजवादी पार्टी र नेकपा एमाले विभाजन भएसँगै प्रदेश २ का जनप्रतिनिधिहरू पनि दलबदलमा लागेका छन्।
एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी र जसपा विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी खुलेपछि जनप्रतिनिधि दलबदलमा लागेका हुन्।
बम
एमाले र जसपा छाड्ने संघीय सांसद प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि एसपा र लोसपमा सनाखत गर्न मंगलबारदेखि जिल्ला निर्वाचन कार्यालयमा पुग्नथालेका छन्।
निर्वाचन कार्यालयमा भदौ २२ गतेसम्म रहेको सनाखत गर्ने निर्वाचना आयोगले समय तोकेको छ।
मधेशवादी दलको आधार क्षेत्र रहेको प्रदेश २ मा जसपाबाट महन्थ पक्षका सांसद लोसपामा सनाखत गर्न थालेका छन्। पूर्वसंघीय समाजवादी फोरमको ३० र राजपाको २५ गरी ५५ जना प्रदेश सांसद छन्।
आफ्नो पक्षमा बढीभन्दा बढी प्रदेश सांसद बचाउन र आफ्नो पार्टीमा तान्न जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर जनकपुरमा केन्द्रित भएका हुन्।
लोसपा अध्यक्ष ठाकुरसहितका केन्द्रीय नेता बुधबार नै जनकपुर आइपुगेका छन् भने जसपा अध्यक्ष यादव बिहीबार मध्याहन्न १२ बजे जनकपुर आएका छन्। दुवै दलका केन्द्रीय नेता भदौ २२ गतेसम्म जनकपुरमै रहनेछन्।
जसपा अध्यक्ष यादव २२ गतेसम्म नै जनकपुरमा रहने सो पार्टीका प्रतिनिधिसभा सदस्य डा। सुरेन्द्र यादवले जानकारी दिए ।
बुधबार निर्वाचन कार्यालय पुगेर जसपाका ११ जनाले लोसपामा सनाखत गरेका थिए भने केही जसपाका सांसदले आज बिहीबार सनाखत गर्दै छन्।
बढीभन्दा बढी सांसद र स्थानीय तहका जनप्रतिनिधि आफ्नो पार्टीमा बचाउन र तान्नका लागि ती नेताहरुले कसरत गरिरहेका छन्।
यसैबीच नेकपा एमालेका ११ जना सांसदले आज एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने तयारी गरेका छन्। एमालेका २१ प्रदेश सांसदमध्ये माधव नेपालमा १३ जना सांसद खुलेका छन्।
जसमध्ये २ सांसद केही कारणवश बाहिर रहेकाले आज ११ जनाले सनाखत गर्ने प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिए।
अन्य २ जनालगायत अरु केही सांसदले अर्को दिन सनाखत गर्ने उनले बताए।
सभार– नेपाल खबर
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६