सिरहा । राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा लिन नचाहने नेपाली नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र समेत दिने व्यवस्था सामाजिक सुरक्षासम्बन्धी कानूनहरुमा उल्लेख गरिएको छ ।
यस्ता नागरिकलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समेत सम्मान गर्ने भएको छ । विभागले यसरी स्वेच्छिक रुपमा सामाजिक सुरक्षा भत्ता त्याग गर्ने नागरिकको विवरण संकलन गरी त्यस्ता व्यक्तिलाई सम्मान गर्न स्थानीय सरकारहरुसँग आह्वान गरेको छ । साथै, त्यस्तो विवरण विभागमा समेत पठाउन भनेको छ ।
विभागले स्थानीय तहहरुलाई काटेको पत्रमा भनिएको छ, ‘सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रुपमा त्याग गर्ने व्यक्तिलाई विभागले पनि सम्मान गर्ने भएको हुँदा सामाजिक सुरक्षा प्राप्त गरिरहेका तथा प्राप्त गर्न योग्य लाभग्राहीले स्वेच्छिक रुपमा भत्ता त्याग गर्न सक्ने प्रावधानबारे स्थानीय स्तरमा समेत प्रचार प्रसारका साथै जनचेतना अभिवृद्धि गरी ती व्यक्तिको विवरण विभागलाई समेत जानकारी गराउनू होला ।’
सामाजिक सुरक्षा नियमावली २०७६ र सामाजिक सुरक्षा ऐन २०७५ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले त्यस्तो सामाजिक सुरक्षा भत्ता लिन नचाहेको घोषणा गर्न सक्ने प्रावधान रहेको छ ।
सोही नियमावलीले यस्ता नागरिकलाई स्थानीय तहले सम्मान गरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सुरक्षा भत्ताको मुल मर्म आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको जीवनयापनमा आइपर्ने जोखिम न्यूनिकरणमा सघाउ पुर्याउने रहेको छ
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६