बिनोद मण्डल
सिरहा । सार्वजनिक जग्गा गलत नियतले व्यक्तिको नाममा नापी गराएपछि विवाद अगाडि आएको छ ।
साविक गाउँविकास समिति नैनपुर ५ हाल धनगढी माई वडा नं ११ मा रहेको दुर्गा देवीको मन्दिर परिसरमा रहेको करिब १५ धुर जग्गा जसको उत्तरमा रामकुमार दास तत्मा , दक्षिणमा बलराम शाह पछिममा मूल सडक र पूर्वमा मन्दिर रहेको खाली जग्गालाई मेरो हो भनी दाबी गरिरहेका दिलीप कुमार मण्डललाई स्थानिय सबैले मूल सडक देखि मन्दिरसम्म जानको लागि १० फिट बाटो माग पटक पटक गर्दा र निजले आलटाल गरेको र स्थानीयलाई खुल्ला चुनौती दिँदै उक्त जग्गामा भदौ १९ गते बलजन्ती घर टहरा निर्माण कार्य सुरु गरेपछि स्थानिय द्वारा घर टहरा खाली गराई जग्गा अतिग्रहण मुक्त गराई मन्दिरको लागि एक जुट भएका छन् ।
वास्तविकता हेर्दा विक्रम सम्वत २०७१ साल वैशाख १ गते सोमबार साबिक गाउँविकास समिति सारस्वर ४ का सर्युग शाहको नाति रामबहादुर शाहको छोरा वर्ष ४१ को मानदेव शाहले उक्त जग्गा मन्दिरलाई दानपत्र गरेको हो ।
त्यस्तै स्थानिय भद्र भलाद्मी हरुको सामूहिक मिति २०७७ साल चैत २५ गते मंगलबारको निर्णयले समेत जग्गा मन्दिरको हो भने ठोकुवा गरेको छ । अर्कोतिर वडा कार्यालयको पत्र संख्या २०७७ । ०७८ चलानी नम्बर ५०० मिति २०७७/६/२८ ले श्री नापी कार्यालय २ नम्बर टोली लहान , सिरहालाई गरेको सिफारिसमा स्थानियको सिफारिस बदर निवेदन मिति २०७८/४र३० मा स्थानिय वडा कार्यालयमा बुझाएपछि वडा कार्यालयले भुलबस सिफारिस गरिएको भनी बदर गरिदिन पत्र संख्या २०७८/०७९ चलानी नम्बर २९१ मिति २०७८/५र४ लेखेको पत्र र न्यायिक समितिको पत्र संख्या २०७७र०७८ चलानी नम्बर १४८ मिति २०७८/३र३० को रामसेवक मण्डलको नामको पत्रमा समेत जग्गा जोतकोर नगर्न भनिएको छ ।
टेलिफोन सम्पर्क गर्दा वडा अध्यक्ष गंगाराम यादवले जग्गा भुलबस सिफारिस भएको र मन्दिरकै भएको बताउनु भएको छ भने दिलीप कुमार मण्डलको दाजु रामसेवाक मण्डल लाटो भएकोले उनका भाइ दिलिप लाई तपाईंसँग भएको प्रमाण माग्दा सिफारिस गरिएको पत्र उपलब्ध गराएका छन् ।
मन्दिर जानको लागि १० फिट बाटो आफू दिन तयार रहेको बताउने मण्डलको जस्ता ,काठ लगायतका सामान स्थानियले फिर्ता गरेका छन् । स्थानिय जनताको आवाज कागजात लगायतका सबै प्रमाण हेर्दा जग्गा मन्दिरकै भएको बुझिएको छ त्यसैले मण्डलले बिना प्रमाण दाबी गर्नु निरर्थक सावित हुन गएको हो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६