मिथिलेश यादव
सिरहाको माडर सीमानाकाको ढाट खोलिदिन आफन्तले गरेको बिन्ती सशस्त्र प्रहरीले बेवास्ता गर्दा एक बिरामीले अस्पताल पुग्न नपाउँदै प्राण त्यागेकी छन्। सिरहा नगरपालिका–४ रमौलकी ४० वर्षीया वहिदा खातुनले उपचार अभावमा सीमामै छटपटाएर प्राण त्यागेकी हुन्।
गत साता आफन्तको विवाहमा सहभागी हुन भारतको गोरखपुरस्थित झन्डानगरबाट घर फर्किने क्रममा सीमावर्ती भारतीय सहर जयनगरमा उनी सिकिस्त बिरामी परिन्। बिहीबार बिहान करिब २ बजे जयनगर रेल्वे स्टेसन ओर्लेपछि वहिदाको मुटु दुख्न थाल्यो। छोरी बरिदाले मामा नुरे आलमलाई फोन गरेर एम्बुलेन्स लिएर सीमामा आउन भनिन्। एम्बुलेन्स नभेटेपछि आफ्नै टेम्पो लिएर नुरे माडर भन्सार नाका पुगे। नाकामा ढाट लागेको थियो। आलमले ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई नेपालको सीमानजिक बिरामी दिदी ल्याउन जानु छ भन्दै ढाट खोलिदिन बिन्ती गरे।
ड्युटीमा रहेका सशस्त्र प्रहरीले ढाट नखुल्ने अडान लिए। नुरे उनका दाइ कमरे आलम र भिनाजु मोहम्मद इसाले पालैपालो सशस्त्र प्रहरीलाई करिब ४५ मिनेटजति रुँदै बिन्ती गरे। ‘सशस्त्र प्रहरीले ढाट खुलाउन नमानेपछि दौडँदै नेपाली सीमा पुगेर दिदीलाई काँधमा बोकेर ढाटसम्म ल्यायौं,’ आलमले भने, ‘बाटोभरि दिदीले मुटुमा असह्य पीडा भइरहेकाले छिटो अस्पताल पु¥याइदिन भन्दै हुनुहुन्थ्यो। ढाट पार गरेर टेम्पोसम्म ल्याइपुर्याउँदा उहाँले बोल्न छाड्नुभयो,’ आलमले भारी स्वरमा भने, ‘टेम्पोमा राख्दा उहाँले दुनियाँ नै छाडिसक्नुभएछ।’
सिरहाको माडर बोर्डरमा बिहीबार बिहान साढे ३ बजे वहिदाले प्राण त्यागिरहँदा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरू भने भारतबाट मालसामानको ठूलाठूला पोका पछाडि राखेर आएका मोटरसाइकल चालकसँग सेटिङ मिलाउन व्यस्त रहेको नुरे आलमले बताए। मधुमेह र उच्च रक्तचापका बिरामी वहिदालाई समयमै अस्पताल पुर्याउन पाएको भए उनको ज्यान जोगिने परिवारजन बताउँछन्। ‘पारिका सीमा सुरक्षा बललाई आग्रह गरेपछि भारतको अन्तिम सीमासम्म आउन दियो तर माडरस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीले नेपालको सीमासम्म जान रोक्दा वहिदाको ज्यान गयो,’ मोहम्मद इसाले भने, ‘ढाट खोलिदिएको भए सिरहा अस्पताल पुर्याउन सकिन्थ्यो। अस्पताल पुर्याउन सकेको भए उनको ज्यान बाँच्थ्यो। वहिदाको ज्यान ड्युटीमा खटिएका सशस्त्र प्रहरीका कारण गएको हो।’
आलमले प्रश्न गरे, ‘बिरामीलाई रोक्ने तर तस्करलाई खुला गर्ने यो कस्तो नियम हो रु सीमाभित्र समेत जान रोक्दा बिरामी छटपटाएर प्राण त्याग्नुपर्ने कस्तो देश हो यो रु’ त्यो कालो रातले आफूहरूलाई देशको शासन र प्रशासनको हविगत बुझ्ने अवसर जुराइदिएको आलमले बताए। ‘प्रशासन पीडितमैत्री होइन, लेनदेनमैत्री भएको प्रस्टै देख्न पायौं। सीमामा दर्दले छटपटाइरहेकी मेरो दिदीको पीडासँग सरोकारै नराख्ने तर तस्कर र व्यापारीलाई स्वागतसहित भित्र छिराउँदै गरेको दृश्य मेरो मानसपटलबाट कहिल्यै मेटिँदैन,’ उनले भने।
यो घटनाको निष्पक्ष छानबिन र कारबाही हुनेमा समेत पीडित परिवारलाई शंका छ। पीडित परिवार बोर्डर आउट पोस्ट माडरका कमान्डरलाई समेत दोषी देख्छन्। ‘प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पनि घटनाका दोषीलाई जोगाउन खोजेको पाएँ,’ आलमले भने, ‘छानबिनपछि मात्रै केही भन्न सकिने प्रजिअको जवाफले हामीलाई निराश बनाएको छ।’ मानवीय क्षति भोगेका हामीप्रति प्रजिअको सामान्य सदभाव पनि पाएनौं।’ जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता भवेश झाले प्रजिअ कणेलले घटनास्थल पुगेर यथार्थ बुझ्न भनी निर्देशन दिएको बताए।
बोर्डर आउट पोस्ट माडरका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीका अनुसार बिरामी पक्षले ड्युटीमा तैनाथ सशस्त्र प्रहरीलाई ढाट खुलाइदिन आग्रह गरेको सत्य हो। तर बारम्बार आग्रह नगर्दा ढाट नखुलेको उनले बताए। ‘तर उहाँहरू एकचोटि मात्र आग्रह गरेर यताउता हिँड्डुल गर्न थाल्नुभयो,’ उप्रेतीले भने, ‘बारम्बार आग्रह गरेको भए ड्युटी इन्चार्जले ढाट खुलाइदिनुहुन्थ्यो कि १’ माडर भन्सारका प्रमुख जगदीशकुमार पुर्वेका अनुसार यस नाकाबाट मालवाहक सवारी जति बेला पनि आउन पाउँछ। ‘तर, बिरामीको हकमा हामीले अनुमति दिएपछि मात्र ढाट खुल्छ,’ उनले भने, ‘मलाई त बिरामीको मृत्यु भएपछि मात्र थाहा भयो। राति हाम्रो कर्मचारी ड्युटीमा हुँदैन, सुतेका हुन्छन्। उनलाई जगाउनुपर्छ अनि मात्र ढाट खोल्छन्।’ कर्मचारीलाई कोही जगाउनै नआएको पनि उनले बताए।
बिरामीलाई रोकेर तस्करलाई छिराएको दृश्य देखियो नि १ जिज्ञासामा पुर्वेले भने, ‘मालसामान त जति बेला पनि आइहाल्छ नि। राति पारिबाट ल्याइने मालसामान भन्सारभित्रै आएको होला। जुन शैलीमा पारिबाट मालसामान भित्र्याइएको भिडियोमा देखिएको छ, यो त गलत हो।’ माडरका स्थानीयका अनुसार यस नाकाबाट मालसामान बोकेको मोटरसाइकल माडर बजारस्थित तस्करको गोदाममा पुग्छ। बुधबार राति बिरामीका आफन्तले भिडियो नखिचेको भए मालसामान बोकेर पारिबाट माडर भन्सार नाकाबाट छिरेको मोटरसाइकल पनि तस्करका गोदाममा पुग्थ्यो,’ उनले भने। सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीका अनुसार सीमामा बिरामीको आउजाउलाई सहजीकरण गर्ने स्पष्ट निर्देशनलाई बेवास्ता गर्नेउपर कारबाही हुने आश्वासन दिए। यो घटनाले सशस्त्र प्रहरी, प्रशासन प्रमुख र भन्सार प्रमुखलाई मात्र नभई गृह प्रशासनलाई समेत गिज्याएको छ। (सभार– nagariknews बाट )
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६