फेरी विभाजन हुने डरले अध्यादेश फिर्ता नभएसम्म जसपा सरकारमा सहभागी नहुने

  • प्रकाशित मितिः भदौ 27, 2078
  • मधेश स्पेशल
  • 508 पटक पढिएको

दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म जसपा सरकारमा सहभागी नहुने जसपा केन्द्रीय सदस्य मोहम्मद इस्तियाक राईनले जानकारी गराउनुभयो ।

अध्यादेश फिर्ता लिने पहिले नै सहमति बनेको थियो। अध्यादेश फिर्ता नहुँदासम्म सरकारमा जाने कुरै हुँदैन,” सरकारमा जाँदा मन्त्री नपाएका केही सांसद रुष्ट हुन सक्ने र फेरि दल विभाजन हुन सक्ने वहाँले भन्नुभयो


सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ भदौमा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन्। जसमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुगेमा दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ।

त्यसका आधारमा जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको छ। दुवै पार्टीलाई ९ भदौमा निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ।
नेपाल नेतृत्वको एकीकृत समाजवादीले मान्यता पाएपछि मन्त्रिपरिषद् विस्तार हुने बताइएको थियो। तर, सरकार गठन भएको दुई महीना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

अहिले कांग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी छन् भने जसपाले पनि सरकारमा सहभागी हुने डेढ महीना अघि नै निर्णय गरेको थियो।

अहिले विभाजन भएर बनेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पाँच वर्षसम्म विभाजन हुन नपाउने भए पनि पुरानो दल भने पुनः विभाजन हुन सक्छ। त्यसैले जसपा अध्यादेश फिर्ता भएपछि मात्रै सरकारमा सहभागी हुने निष्कर्षमा पुगेको हो । (स्रोत- हिमाल खबर)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६