एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

  • प्रकाशित मितिः भदौ 28, 2078
  • मधेश स्पेशल
  • 600 पटक पढिएको

जनकपुरधाम । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

 

सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

 

संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए ।

 

उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।’ 

 

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकमा एकीकृत समाजवादी प्रदेश नम्बर २ का केन्द्रिय सदस्य, ८ वटै जिल्लाका अध्यक्ष र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो । –रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६