आज कोहलपुरलाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिदै

  • प्रकाशित मितिः पुष १२, २०७४
  • मधेश स्पेशल
  • 1581 पटक पढिएको

१२ पुष २०७४ / कोहलपुर: बाँकेको कोहलपुर नगरपालिकाकालाई आजबाट गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिदै छ । नगरपालिकाको प्रथम नगरसभा २०७४ बाट पारित नीति तथा कार्यक्रम अनुसार नगरपालिकालाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

नगरपालिकाकालाई गुटखाजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरिसकेपछि नगरक्षेत्रभित्र कुनै पनि सुर्ती, चुरोट, खैनीजन्य पदार्थ विक्रि वितरणमा रोक लगाइने छ ।

यदि कोही कसैले विक्रि वितरण गरेको पाइएमा पहिलो पटक नगरपालिकामा बोलाई सम्झाउने, दोस्रो पटक ५ सय जरिवाना, तेस्रो पटक हजार जरिवाना र चौथो पटक पनि विक्रि वितरण गरेको पाइएमा नगरपालिका तथा नगरक्षेत्रका अन्य कार्यालयबाट प्रदान गरिने सेवा सुविधा रोक्का गरिने कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिनुभयो ।

कार्यक्रम ११ बजे कोहलपुर खुल्ला मैदानमा हुने नगरपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६