दुई मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जना घटना स्थलमै मृत्यु

  • प्रकाशित मितिः आश्विन 1, 2078
  • मधेश स्पेशल
  • 847 पटक पढिएको

जनकपुरधाम / दुई मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

एकआपसमा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा अर्को मोटरसाइकल चालक सिरहा विष्णुपुर गाउँपािलका बस्ने बर्ष ३० को रुपेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिनुभयो ।

 

पूर्व–पश्चिम लोकराजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर स्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको स ४ प ७९२६ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउदैँ गरेको लु ७२ प ४७९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।

 

सो दुर्घटनामा स ४ प ७९२६ नम्बरको मोटरसाइकल चालक यादवको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा स ४ प ७९२६ नम्बरको मोटर साईकलका चालक जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४६ वर्षिय मोहम्मद हासिम स्थानीय स्वास्थ्य चौकीमा उपचार भै रहेको छ ।

 

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने दुबै मोटरसाइकल र एक जना चालकलाई प्रहरीले नियन्त्रण लिएर घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६