‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई कें !
जहिना जहिना गंगा–यमुना केँ धार बहय,
तहिना हमर भाय सबहक औरदा बढ्य’
विनोद कुमार मण्डल
सिरहा / कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन शनिवार मधेशमा भरदुतीया तथा पहाडमा भाइटीका पर्व विशेष महत्वका साथ मनाइँदैछ ।
तिहारको अन्तिम दिन यो पर्व मनाइने गरिन्छ । दिदीले भाइलाई र बहिनीले दाजुलाई टिका लगाईन्छ भने भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा(मिष्ठान आदि मनपर्ने खानेकुरा खुवाउने परम्परा रहेको छ भने दिदी बहिनीहरूलाई दान(दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ ।
यस्तै मधेशका जिल्लाहरुमा भने दिदीवहिनीहरुले आफ्ना दाजु वा भाइलाई टीका लगाउने गरिन्छ । माइतमा रहेकी दिदी बहिनीहरुले आफ्ना दाजुभाई टीका लगाउनु अघि न्यौत (पूजाआजा) लिने परम्परा रहेको छ । यस्तै ससुरालीमा रहेकी दिदीबहीनीसँग टीका लगाउन (न्यौत लिन) जाँदा दही, चिउरा, मीठाई, फलफूल, वस्त्र आदि लिएर जानुपर्ने हुन्छ । यद्यपी बढ्दो आधुनिकतासँगै दही च्यूराआदिको भार लिएर जाने परम्परा विस्तारै हराउँदै गएको छ ।
हाल दाजुभाइले दिदीबहीनीहरुकहाँ न्यौत लिन जाँदा लत्ताकपडा, मीठाई, फलफूल आदि लिएर समेत जान थालिएको छ । दिदीबहीनीहरुले समेत दाजुभाइलाई सुपारी, लत्ताकपडा तथा दक्षिणा समेत दिने गरिन्छ । टीका लगाउने ठाउँलाई राम्रोसँग लिपपोच गरी चौका लगाइने गरिन्छ र सोही चौकामा बसेर टीका लगाईन्छ ।
एप मन्टेश्वरी सुखीपुर का विधार्थी हरूले भाई टिका मनाउदै
परापूर्वकालमा दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक मान्यता छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्ने विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि रहेको छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गरिन्छ ।
भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको विशेष महत्व रहेको छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाईने परम्परा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भ
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
शैलेन्द्र महतोजनकपुरधाम । नेपाली कांग्रेस जनकपु... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
शैलेन्द्र महतोजनकपुरधाम । नेपाली कांग्रेस जनकपु... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६