उदाउँदो सूर्यको अर्घ दिएसँगै छठ समापन

  • प्रकाशित मितिः कार्तिक 25, 2078
  • रोयाण्टर मण्डल
  • 469 पटक पढिएको

बेहुलीझैँ सिङ्गारीएको रामजानकी पोखरीको छठ घाट

रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / तराई मधेशको आस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई पूजा आजासहित अघ्र्य दिई छठ पर्वलाई समापन गरिएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन बुधवार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ।

May be an image of 1 person and outdoors

सिरहाका राम जानकी मन्दिर, दहिपौडी पोखर, छजना पोखखरी, मोहनपुर पोखरी, कविलासी पोखरी गागैन खोला र बाबुराम नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।


राम जानकी पोखरी चारै तिर बेहुलीझैँ सिङ्गारेर छठ घाट बनाइएको थियो । हजारौ भक्तजनले बुधवार बेलुकी यहाँ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । तिनै भक्तजनले आज बिहिवार उदाउँदो सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित सूर्यलाई अघ्र्य दिएर चार दिन लामो सूर्य उपासना पर्व अन्त्य गरिएको छ ।


व्रतालुहरूले प्रत्येक वर्ष कात्तिक र चैत महिनाको शुक्ल षष्टी तिथिका दिन जलाशयको किनारमा भगवान् सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ । जलाशयमा आधा शरीर पानीमा डुबाएर सूर्यदेव भगवान् र षष्टी माताको आराधना गरी छठी पारन सकिएको छ ।


चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्वको पहिलो दिन व्रतीहरूले “नहाय खाय’’ अर्थात् नुहाएर खाने गर्दछन् । उनीहरूले जीउ पनि चोख्याउने काम गर्दछन् ।
त्यस्तै पर्वको दोस्रो दिन मङ्गलबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गर्नेछन् । राति –बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

No description available.
त्यस्तै तेस्रो दिन अर्थात् बुधबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी सो पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरी, पेरुकिया र फालफूल तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरालगायत सामग्री नाङ्गलो र ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयनजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।


त्यस्तै चोथो दिन यर्थात विहीबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोराई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्नेछन् ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।


पारिवारिक सुख, शान्ति कल्याण रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसर नदी तलाउमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छन् ।
यो पर्व पुरुष र महिला समान रूप से मान्ने गर्छ तर अत्यधिक व्रत गर्नेमा महिलाको संख्या अत्यधिक हुन्छ । केही वर्ष पहले सम्म मुख्य रूपमा नेपालको मिथिलाञ्चलमा क्षेत्रमा मनाउने गरथियो अहिले देशभरी मनाउने गरेका छन् ।

No photo description available.

No description available.
रामजानकी पोखरीको छठ घाट फोटो खिचाउँदै

छठ पर्व लोक कथन
भगवान राम र माता सीताले रावण वध पछि कार्तिक शुक्ल षष्ठीको उपवास गरी सूर्यदेवको पुजा (आराधना) की और अगले दिन यानी सप्तमी को उगते सूर्यको पूजा गरेर आशीर्वाद प्राप्त गर्नुभयोे ।
अन्य मान्यता अनुसार महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।

छठ पर्व गीत महत्व
यो पर्वमा गीतको खास महत्व होता हुन्छ । छठ पर्वमा घरं देखी घाटं सम्म कर्ण प्रिय छठ गीत मिथिलानीहरु छठ महिमाको गीत गाउने गर्छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६