काठमाडौं / एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए ।
आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले रातोपाटीसँग भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ । चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन्। रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।
(रातोपाटीबाट)
प्रतिक्रिया दिनुहोस
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भ
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
शैलेन्द्र महतोजनकपुरधाम । नेपाली कांग्रेस जनकपु... ... ...
डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहाद... ... ...
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को न... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस ... ... ...
शैलेन्द्र महतोजनकपुरधाम । नेपाली कांग्रेस जनकपु... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६