लहान । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले विचार, नीति, सिद्धान्तसहित कम्युनिष्टलाई समाप्त पारेर पार्टीलाई प्राइभेट कम्पनी बनाएकोले नयाँ पार्टी गठन गर्नुपरेको बताउँनुभयो ।
सिरहाको लहानमा बुधबार जिल्ला कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले ‘ओलीले एमालेलाई भजनमण्डलीहरूलाई मात्र काखी च्यापेएर प्रतिगमनको बाटो लागेको आरोप लगाउँनुभयो ।
नेपालले ओलीको दासत्व स्विकार्न नसकेर विद्रोह गर्न बाध्य भएको भन्दै ओलीसँग टक्करभन्दा पनि विचारको लडाइँ लडेको हो । विधि, पद्धति, विचार, नीति र व्यवहार नै अलग भएपछि एउटै पार्टीमा बस्नुको अर्थ नभएकाले न्याय, समानता, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउन नेकपा एकीकृत समाजवादी गठन गरिएको अध्यक्ष नेपालले बताउँनुभयो ।
पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताउँदै अध्यक्ष नेपालले संसद् विघटनविरुद्धको आन्दोलन हुँदै पछिल्लो राष्ट्रिय सभाको निर्वाचन र वर्तमान सरकार सञ्चालनमा पाँच दलको सहकार्य र गठबन्धन जारी रहने बताउँनुभयो ।
सत्ता र शक्तिको चरम दुरुपयोग गर्ने ओली नेतृत्वको एमाले पार्टी आगामी चुनावसम्म पत्तासाफ हुने दाबी गर्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको पछिल्लो निर्वाचनबाट नै ओलीको पत्तासाफ सुरु भइसकेको बताउँनुभयो ।
पार्टीका सिरहा अध्यक्ष सत्यनारायण यादवका सभाध्यक्ष्तामा भएको सो कार्यक्रममा कांग्रेस, एमाले, जसपा र माओवादी केन्द्रबाट करिब एक हजारजनालाई प्रवेश गराएको दावी गरिएको छ । (सभार– नवसंग्राम दैनिक)
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६