तथ्यांकमा काेराेना भाइरस - COVID - 19

राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस : उपेन्द्र यादव

  • प्रकाशित मितिः मंसिर 10, 2078
  • मधेश स्पेशल
  • 125 पटक पढिएको

चितवन / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् ।

 

बिहीबार चितवन भरतपुरमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए ।

 

उनले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा यादवको जोड छ ।

 

उनले भने–अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ ।’ नेता यादवले अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस भन्ने कामना गरेका छन् । (रातोपाटीबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मिथिलामाथि मधेश सवार

अर्जुन प्रसाद गुप्ता (दर्दिला)सम्पादकीयमधेश हालकोे विषय हो,मिथिला पौराणिक विषय हो । मधेश नेपालमा मात्रै

प्रदेश २ को नाम मधेश प्रदेश राजधानी जनकपुर धाम पारित

जनकपुरधाम । प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले नाम मधेस प्रदेश राजधानी जनकपुर धाम पारित भएको छ । प्रदेश

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

शैलेन्द्र महतोजनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार प्रदेश सभामा भएको मत

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६