पशुपती आदर्श माध्यमिक विद्यालयद्वारा करोडौंको ब्रहमलुट

  • प्रकाशित मितिः मंसिर 22, 2078
  • मधेश स्पेशल
  • 661 पटक पढिएको

विनोद मण्डल 

लहान / सिरहाको लहानमा रहेको पशुपति आदर्श माध्यमिक विद्यालय द्वारा स्थानिय व्यापारीहरुबाट स्टल बनाई दिने भनेर अग्रिम भुक्तानी वापत प्रती व्यापारीबाट ४ देखि ६ लाखको दरले रकम पशुपति आदर्श माध्यमिक विद्यालयका तत्कालीन ब्यबस्थापन समिति का अध्यक्षद्धय तथा सांसद पदम नारायण चौधरी र प्रदेश सांसद लगन लाल चौधरीको पालामा तत्कालीन प्रधानाध्यापक परमेश्वर राय र महेन्द्र चौधरीले व्यापारी हरुबाट करिब ९ बर्ष अगाडि द्द करोड रकम बुझेका थिए ।

विद्यालय प्रशासनद्वारा करिब ३७ व्यापारीहरुबाट स्टल बुकिङ गर्ने गराउने भनी करोडौं रकम असुलेको हो ।

यसरी विद्यालयले लिएको अग्रिम भुक्तानी वापतको स्टल निर्माण भएको छैन भने बाध्य भएर आफूहरु आन्दोलित हुनुपरेको घर जग्गा भाडा उपभोक्ता समितिका संयोजक व्यापारी प्रमोद दासले जानकारी गराउनु भएको छ ।

स्थानिय व्यापारीहरूले व्यापार व्यवसाय सञ्चालन गर्नका लागि लहानको बजार क्षेत्रमा रहेको विद्यालयको सटर भाडामा लिएर व्यापार गर्नका लागि स्थानियले रकम जम्मा गरेपनि लामो समयसम्म व्यापारीहरुलाई रणभुलमा पारेपछि आक्रोशित हुनु स्वाभाविक हो । स्थानिय व्यापारीहरूले पटक पटक विद्यालय प्रशासनलाई आफ्ना समस्याका बारेमा जानकारी गराउँदा पनि सुनुवाई नगरेपछि वाध्य भएर आन्दोलनमा जानुपरेको व्यापारीहरूको भनाई रहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६