विवेकको कसीमा कांग्रेस महाधिवेशन 

  • प्रकाशित मितिः मंसिर 24, 2078
  • मधेश स्पेशल
  • 247 पटक पढिएको

युवा, किशोरलाई प्रेरणा दिन र बाटो देखाउन गगन, विश्वप्रकाश, प्रदीप पौडेल र कल्याण गुरुङहरू पनि सहकार्यका लागि तयार हुनैपर्छ 

महाभारत उद्योग पर्वमा श्रीकृष्ण पाण्डवतर्पmबाट दूत भएर शान्तिवार्ताका निम्ति हस्तिनापुर जान्छन् । शान्तिवार्ता असफल हुन्छ । फर्किंदा आफ्नी फुपू कुन्तीसँग पाण्डवका निम्ति सन्देश छ कि भनी सोध्छन् । जवाफमा कुन्तीले राजाको महŒवबारे प्रकाश पार्छिन् । जो गर्ने हो, राजाले नै गर्ने हो, समय पर्खिने होइन भन्ने उनको शिक्षा छ । उनको श्लोकात्मक कथन छ :

कालो वा कारणं राज्ञो राजा वा कालकारणम् ।
इति ते संशयो माभूद् राजा कालस्य कारणम् ।। 

स्मरणीय छ, यहाँ नेता भन्ने शब्द छैन । राजा भन्ने शब्द छ । त्यस युगमा राजा नै नेता र नेता नै राजा थिए । कुन्तीको स्पष्ट धारणा छ, देश बनाउने भनेको राजाले अर्थात् नेताले हो । आजको परिप्रेक्ष्यमा हेर्दा कुन्तीले केही सरलीकृत शैलीमा नेताको भूमिकालाई बढाइचढाइ प्रस्तुत गरेको भन्न सकिन्छ । होइन भने आज पनि राष्ट्र निर्माणका हकमा नेतृत्व केन्द्रीय घटक हो । 

१ पुस २०१७ देखि वैशाख २०४७ सालसम्म हाम्रो मुलुकमा निरंकुश राजशाही रह्यो । २०४७ सालमा त्यो फेरियो । संसदीय व्यावस्थाका नाउँमा एउटा नयाँ थिति बाँधियो । राजनीतिक दलहरू मुख्यतः कांग्रेस र एमाले आलोपालो सत्तारुढ भए । तर, दश वर्ष नपुग्दै माओवादीले सिंगो व्यवस्था तहस–नहस बनाए । पन्ध्र वर्ष पुग्दा–नपुग्दा हामी गणतन्त्रको अर्को बाटोमा अग्रसर भयौँ । ठूलो संघर्ष र रक्तपातपछि २०७२ मा संघीय गणतान्त्रिक संविधान पारित भयो । अहिले हामी सबैले यस संविधानअन्तर्गत स्थापित संसद्, न्यायपालिका र कार्यपालिकासमेतको गाईजात्रा देख्दै छौँ । यस गाईजात्रामाझ राजनीति दलहरू आआप्mना महाधिवेशन गर्दै छन् ।

अनि, सबैमा एउटा उत्साह पलाएको छ । अब पो केही हुने हो कि ? नयाँ नेतृत्व आउने हो कि ? नेतृत्वका सन्दर्भमा अनेकथरी कुरा उठ्दै छन् । उमेरको कुरा उठेको छ । विचारधाराको कुरा उठेको छ । उमेरको कुरा विशेष जोडदार ढंगले नै उठेको छ । राजनीतिक दलको नेतृत्वमा वृद्धतन्त्र हाबी भयो भन्न्ने गुनासो छ । निजामती सेवा, पुलिस, सेना, प्राज्ञलगायतले भने साठी पुग्दानपुग्दै सेवानिवृत्त हुनुपर्ने अनि नेताहरूले चाहिँ जस्तै अयोग्य भए पनि आर्यघाटमा गएर मात्र पद छोड्ने ? जस्ता कुरा आएका छन् । तर, यस्ता कुरामा प्रवेश गर्नुअघि नेतृत्वको महत्व र प्रासंगिकताबारे स्पष्ट हुन आवश्यक छ । यस विषयमा कुन्तीको शिक्षा कमसेकम नेपालका हकमा सटिक छ । 

नेपालको आजको चौतर्फी दुर्दशाका निमित्त अन्य कुनै पनि शक्ति वा घटकभन्दा हाम्रो राजनीतिक नेतृत्व निश्चय नै जिम्मेवार छ । २०४७ सालअघिका तीस वर्ष निरंकुश राजशाहीले चलायो । २०४७ सालयताको तीस वर्ष राजनीतिक दलका गैरजिम्मेवार नेताहरूले भागबन्डा गरे । विगत तीस वर्षमा मुलुक कहाँ र कसरी पुगेको छ, त्यसको सामान्य जानकारीसमेत पनि सत्तारुढ नेतालाई छ भन्ने ठाउँ छैन । मुलुकको अर्थतन्त्र दिनानुदिन भासिँदै छ । व्यापार असन्तुलन सीमान्तमा पुगेको छ । युवा जनशक्ति बाहिरिँदै छ । कृषिमा निर्भर ग्रामीण समाज झन्झन् भासिँदै छ । मुलुकको कानुन र व्यवस्था शासकको नियन्त्रणबाट फुस्केको छ । स्वास्थ्य र शिक्षाको पूर्ण व्यापारीकरण भएको छ । सत्तारुढ नेताहरूसँग मिलेमतो गरी तस्कर र कालाबजारियाहरू सरकार र राज्यउपर हाबी रहेका छन् । मुलुकको दुरवस्थको वर्णन सामान्य शब्दमा गर्न सकिँदैन । तर, शासक वर्ग कुनै समय गणेशमान सिंहले राजालाई झनेभैmँ निरोले भैmँ बाँसुरी बजाउँदै छन् । मुलुक चाहे भड्खालोमा जाओस्, आप्mनो कथित पार्टीमाथि कब्जा राख्न सके तिनलाई पुगेको छ । 

हाम्रो मुलुक यसरी नित्य रसातलतर्पm जाँदा एक दिन विश्व पनि अवश्यै चपेटामा आउनेछ । अफगानिस्तानको दारिद्र्यको रछानमा मौलाएका आतंकवादीले अलकायदाका बिन लादेनलाई आश्रय दिएका थिए । उनै लादेनले एक्काइसौँ शताब्दीको सुरुवातमा न्युयोर्कको ट्विन टावर ध्वस्त पारे । भारत र चीन नित्य झन्झन् धनकुबेर बन्दै छन् । कुबेरको पुष्पक विमानलाई खोस्ने रावण कतै हुर्किंदै छ । अमेरिका, भारत, चीन सबै एक दिन नेपालको रछ्यानका डाँसबाट चिलिने पक्का छ । तर, उनीहरू पनि अचेत छन् । हाम्रो नेतृत्वले उनीहरूलाई घचघच्याउनुपर्ने हो, हामी आपैmँ सत्ताको नशामा बिसुर छौँ । 

कुन्तीले नेतृत्वको महत्वबारे बोलेको कुरा आज एक्काइसौँ शताब्दीमा झन्झन् प्रासंगिक भएको छ । तर, राजनीतिक दलको नेतृत्व पार्टीभित्रको सञ्जाल र संयन्त्रका माध्यमबाट परिष्कृत हुने लक्षण देखिएको छैन । यसको कारण स्पष्ट छ– पार्टीको संरचना नेतामुखी छ । नेताहरू पहिले तँछाडमछाड गरी पार्टी कब्जा गर्न दत्तचित्त रहन्छन्, जालझेल गर्छन् । जालझेल गर्दै आफैँ आप्mना मतदाता छान्छन् । आपैmँ छानेका तिनै मतदाताबाट फेरि आपूm निर्र्वाचित हुन्छन् । यो कुरो पनि पहिलोपटक यहाँ भनिएको होइन । स्वयं यस पंक्तिकारले यो टिप्पणी अनेकौँपटक दोहो¥याइसकेको छ । यो मौलिक टिप्पणी पनि होइन । झन्डै सय वर्षअघि जर्मनीका नामुद समाजशास्त्री रवर्ट मिसेल्सले ‘राजनीतिक दल’ भन्ने किताब लेखेका थिए । त्यस पुस्तकमा उनले राजनीतिक दलमा अन्तरनिहित अल्पतन्त्रको व्याख्या गरेका छन् । उनले व्याख्या गरेको अल्पतन्त्रको तानाशाही आज विश्वका लगभग सबै राजनीतिक दलमा लागू हुन्छ । राजनीतिशास्त्रका प्राध्यापक र अध्येता सबै नै मिसेल्सको व्याख्यासँग परिचित रहन्छन् । राजनीतिशास्त्रमा यो व्याख्यान अल्पतन्त्रको लौह नियम (दि आइरन ल अफ ओलिगार्की) भन्ने नामले प्रसिद्ध छ । 

कांग्रेसको दोस्रो पुस्तामा सशक्त नेतृत्व पंक्ति छ । विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, पूर्णबहादुर खड्का वा ज्ञानेन्द्रबहादुर कार्कीले भोलिको कांग्रेसलाई ध्यानमा राखेर आपसमा सहकार्य गर्न आवश्यक छ ।

हिन्दुस्तानमा एमएन रोय र जयप्रकाश नारायण आफ्ना अनुभवबाट राजनीतिक दलको तानाशाही रबैयाबाट वेलैमा परिचित भए । जयप्रकाश नारायणले भारत स्वाधीन भएपछि राजनीतिक दल छोडिदिए । उनी सोभैm जनतामाझ गए । जनसेवाको आदर्श उदाहरणले उनको व्यक्तित्वलाई ठूलो उचाइ दियो । इन्दिरा गान्धीले सन् १९७५ मा हिन्दुस्तानमा आपत्काल लगाइन् । जयप्रकाशले त्यस आपत्कालको विरोध गरे । सन् १९७७ को आमचुनावमा जयप्रकाशको नेतृत्वमा सिंगो प्रतिपक्षले इन्दिरा गान्धीलाई पराजित ग¥यो । तर, राजनीतिक दलहरू सुध्रिएनन् । जयप्रकाश एक निराश जननेताका रूपमा स्वर्गे भए । आजको हिन्दुस्तान अर्को ध्रुवान्तमा पुगेको छ । यस्तो अवस्थामा राजनीति दलहरूको नेतृत्व पार्टीभित्रको आन्तरिक चुनावबाट परिवर्तन गर्न लगभग असम्भव हुँदै गएको छ । निर्वाचनले सत्तासीन नेतालाई वैधता प्रदान गर्नेबाहेक अर्थोक गर्लाजस्तो देखिन्न । एमालेमा जे भयो, त्यो हामीले देखिहाल्यौँ । कांग्रेसमा थोरै फरक होला । धेरै आशा राख्न सकिँदैन ।

तर, कांग्रेसभित्रको प्रजातान्त्रिक संस्कार आज पनि मरिसकेको छैन । एमालेको उदाहरण कांग्रेसमा यथावत् दोहोरिँदैन । अहिलेको कांग्रेसको दोस्रो पुस्तामा सशक्त नेतृत्व पंक्ति छ । विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, पूर्णबहादुर खड्का वा ज्ञानेन्द्रबहादुर कार्कीले भोलिको कांग्रेसलाई ध्यानमा राखेर आपसमा सहकार्य गर्न आवश्यक छ । उपर्युक्त महानुभावहरूको महत्वाकांक्षा जो छ, यो रहोस् । तर, पार्टी, पार्टीभन्दा पनि ठूलो मुलुकको बृहत्तर हितलाई ध्यानमा राखेर अगाडि बढ्ने वेला आएको छ । आदरणीय शेरबहादुरजी र रामचन्द्रजीको सम्मानमा कुनै त्रुटि आउनु हुँदैन । पार्टीको दैनिक कार्य चलाउन युवाहरूको सञ्जाल आवश्यक छ । नयाँ विचारको खाँचो छ । तातो रगतको सञ्चार अनिवार्य छ । 

कांग्रेसप्रति किशोर र युवाको अदम्य आकर्षण देखिएको छ । कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको लेखाजोखा हेर्दा, उमेर हेर्दा, प्रतिक्रिया सुन्दा मन हौसिन्छ । उनीहरूको हातमा नेपालको भविष्य सुरक्षित छ । तर, अगुवाहरूको सोच पुरातनपन्थी छ, पुनरुत्थानवादी छ । 

कांग्रेसमा सामेल हुन आएका किशोर र युवाको उमेर हेर्दा गगन थापा र विश्वप्रकाश शर्मा पनि बुढा प्रतीत हुन्छन् । राजनीतिमा उमेर नै सबकुछ होइन । तर, इतिहासका सबै महान् परिवर्तन भने युवा र किशोरले नै गरेका छन् । बिपी कोइरालाको क्रान्ति आह्वान तरुणप्रति लक्षित थियो । कोइरालालाई तरुणहरूको ऐतिहासिक हस्तक्षेपको महत्व राम्ररी थाहा थियो । उहाँको क्रान्तिको आह्वानको बाहक, प्रकाशन तरुण र तरुणपत्र थिए ।

२००७ सालको क्रान्तिको नेतृत्व गर्दा बिपी मुस्किलले पैँतीस पुगेर छत्तीसमा टेक्दै हुनुहुन्थ्यो । गणेशमान सिंह अभैm कान्छो । कुष्णप्रसाद भट्टराई, रुद्रप्रसाद गिरि गधेपच्चीसीमा हिँड्दै थिए । सरोज कोइराला, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, काशिनाथ गौतम, भरतमणि शर्मालाई सम्झिँदा नेतृत्वको औसत उमेर बाइस वर्ष थियो । अमेरिकाको स्वाधीनता संग्राममा बेन्जामिन प्mयांकलिन र जर्ज वासिंगटनबाहेक कोही पनि पैँतालीस कटेका थिएनन् । जेफर्सनले अमेरिकी स्वतन्त्रताको घोषणा लेख्दा उनी जम्मा तेत्तीस वर्षका थिए । अलेक्जेन्डर हेमिल्टनले अमेरिकी जनसेनाको नेतृत्व गर्दा बल्ल एक्काइस वर्ष कटेका थिए । 

हाम्रो सम्भयताका आदि पुरुष गौतम बुद्धले पैँतीस वर्षको उमेरमा धर्मचक्र प्रवर्तन गरेका थिए । आदि शंकराचार्यले उपनिषद् र गीताको भाष्य लेखेर, सनातन धर्मलाई नवजीवन दिएर बत्तीस वर्षको उमेरमा चोला छोडे । वैराग्यको उपासना गर्न पनि तारुण्य चाहिन्छ । उपर्युक्त सूचीमा सहिदहरूको नाम राख्ने हो भने सिंगो पत्रिकामा अटाउँदैन । जनकपुर काण्डका अमर सहिद दुर्गानन्द झा, ओखलढुंगा काण्डका सहिद राम लक्ष्मण, नख्खु काण्डका लीला, गोकर्ण कसैलाई बिर्सन सकिँदैन । परदेशको कुरै नगरौँ । युवाको सिर्जनात्मक दुस्साहसिकताको स्मारकका रूपमा क्युबा अभैm जीवित छ । विश्वका युवाहरू हरेक देशमा चिन्दै नचिने पनि चे ग्वेभाराको फोटो लिएर टिसर्ट लगाइरहेका छन् । यसैले कांग्रेस महाधिवेशनमा आउने युवा, किशोरले सोच्नैपरेको छ । युवा, किशोरहरूलाई प्रेरणा दिन र बाटो देखाउन गगन, विश्वप्रकाश, प्रदीप पौडेल, कल्याण गुरुङ पनि आपसमा सहकार्यका निमित्त तयार हुनैपर्छ । 

महारानी कुन्तीले आप्mनो श्लोकबाट नेतृत्वको महिमा बनाएकी छिन् । त्यतिवेलाको राजा भन्नु र आजको सभापति वा प्रधानमन्त्री भन्नु एउटै हो । तर, राजा वा सभापति छान्दा कसरी छान्ने भन्ने विषयमा भने महाकवि कालिदासको एउटा श्लोक प्रासंगिक छ । आप्mनो प्रारम्भिक कृति मालविकाग्निमित्रलाई चिनाउने क्रममा कालिदास लेख्छन् ः 

पुराणमित्येव न साधु सर्वं, न चापि काव्यं नवमित्यवद्यम् ।
सन्तः परीक्षान्तरभ्दजन्ते, मूढः परप्रत्ययनेन बुद्धिः ।।

अहिले अन्वयमा नजाऔँ । सामयिक सन्दर्भ भएमा भावार्थ पर्याप्त छ । बुढो हुँदैमा कोही ज्ञानी हुँदैन, युवा हुँदैमा केही अयोग्य हुँदैन । विवेक प्रयोग गरेर निर्णय गरौँ । (नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रधानमन्त्रीको वडामा नेपाली कांग्रेस (विपी) ले विजय भएपछि सुखीपुरमा गुलियो विस्कुट वितरण

डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क

लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७

नेपाली काँग्रेसका युवा नेता जनमतमा प्रवेश गरे लगत्तै टिकट

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६