नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा कोकोले उम्मेदवारी गराए विमलेन्द्र निधिले दर्ता गराए सभापतिमा उम्मेदवारी दर्ता

  • प्रकाशित मितिः मंसिर 25, 2078
  • मधेश स्पेशल
  • 187 पटक पढिएको

जनकपुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिको पदमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निधिले सभापतिमा मनोनयन दर्ता गराएपनि आफ्नो टीम भने बनाएका छैनन् ।


महामन्त्री शशांक
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।


यसअघि शशांक सभापतिकै आकाङ्क्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेसबाट पछि हटेका थिए । यसैबीच डा शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेको बताइएको छ ।


गगन थापा
नेपाली काँग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शेखर कोइराला टिमबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।


थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत महामन्त्री पदमा उम्मेदवारीका लागि आफ्नो अवधारणा पत्र समेत सार्वजनिक गरेका थिए । यसअघि सिटौला समूहमा रहेका उनी सो समूह छाडेर कोइराला समूहतर्फ लागेका हुन् ।
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । - ratopatibat

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रधानमन्त्रीको वडामा नेपाली कांग्रेस (विपी) ले विजय भएपछि सुखीपुरमा गुलियो विस्कुट वितरण

डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क

लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७

नेपाली काँग्रेसका युवा नेता जनमतमा प्रवेश गरे लगत्तै टिकट

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६