तथ्यांकमा काेराेना भाइरस - COVID - 19

मदन भण्डारी पार्कलाई पर्यटन क्षेत्रमा रूपान्तरण गर्नुपर्ने : पूर्व कानुन मन्त्री लिला श्रेष्ठ

  • प्रकाशित मितिः पुष 12, 2078
  • मधेश स्पेशल
  • 103 पटक पढिएको

विनोद मण्डल
लहान । सिरहाको लाल किल्ला मानिने साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ राई रैनि तथा हाल धनगढीमाई १४ मा

नेकपा एमालेको सपथ ग्रहण कार्यक्रममै मदन भण्डारी पार्कलाई पर्यटन क्षेत्रमा रूपान्तरण गर्नु पर्ने पूर्व कानुन मन्त्री लिला श्रेष्ठ बताउनुभयो ।

 

पूर्व कानुन मन्त्री लिला श्रेष्ठको प्रमुख आथित्यमा भएको कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरु को उलेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामप्रित राम ,पूर्व सांसद रामरती राम , जिल्ला अध्यक्ष चण्देश्वर मण्डल लगायत जिल्लाका वरिष्ट नेताहरु रामस्वरूप सदाय ,रामकुमार शाह , निर्मला बास्तोला , शोभा बराल ,शिवशंकर महतो ,राजु श्रेष्ठ ,युवा नेता राममणि मिश्र लगायतको सहभागिता भएको कार्यक्रमको सञ्चालन पार्टीकी प्रभावशाली नेत्री शोभा बरालले गरेकी थिइन् ।

 

कार्यक्रममा पार्टीका वरिष्ट नेता लिला श्रेठले स्थानिय करिब ८६ वर्षिय बलबहादुर सुनुवार ( काजी ) लाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अधिकांश वक्ताले मदन भण्डारी पार्क निर्माण लगायत भौतिक पक्षमा जोड दिनु पर्ने बताएका छन् ।

 

वरिष्ट नेता श्रेठले मदन भण्डारी पार्कलाई पर्यटन क्षेत्रमा रूपान्तरण गर्नको लागि आफूले कुनै कशुर बाँकी नराख्ने बताउनु भएको छ भने यता नेता शिवशंकर महतोले अबको चुनावी माहोल एमालेमय हुनुपर्ने बताएका छन्। कार्यक्रममा उपस्थित १४ ओटै वडाबाट भेला भएका नेता कार्यकर्तालाई वरिष्ट नेता लिला श्रेष्ठ ले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा चुनावी माहोलको बारेमा कुरा गर्दै कम्निस्ट आन्दोलनको क्रममा मदन भण्डारी पार्कमा बनाइएको घरले तत्कालिन अवस्थामा पुराएको योगदानको बारेमा केन्द्रिय सदस्य रामप्रित राम ले चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

मिथिलामाथि मधेश सवार

अर्जुन प्रसाद गुप्ता (दर्दिला)सम्पादकीयमधेश हालकोे विषय हो,मिथिला पौराणिक विषय हो । मधेश नेपालमा मात्रै

प्रदेश २ को नाम मधेश प्रदेश राजधानी जनकपुर धाम पारित

जनकपुरधाम । प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले नाम मधेस प्रदेश राजधानी जनकपुर धाम पारित भएको छ । प्रदेश

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

शैलेन्द्र महतोजनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ। सोमबार प्रदेश सभामा भएको मत

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६