सप्तरी / नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व आज राजविराजमा बार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०२१ को अवधिमा आठ हत्यासहित ९४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार यस अवधिमा बलात्कारपछि नौ वर्षीया बालिकाको हत्या, १६ वर्षीय बालक, ८९ वर्षीय अति वरिष्ठ ज्येष्ठ नागरिक र ४७ वर्षीया महिलाको हत्यासहित गैरराज्य पक्षबाट आठ जनाको हत्या भयो ।
अति ज्येष्ठ नागरिक र महिलाको हत्याका आरोपित पहिचान हुन सकेको छैन् । बालिका हत्या आरोपित १ जना थुनामा छन् । बालक हत्याका आरोपितमध्ये १ जना थुनामा, १ जना बालसुधार गृहमा र १ जना फरार रहेका छन् । अन्य आरोपितमध्ये थुनामा ६, धरौटीमा ४, हालै पक्राउ परेका ३ र पक्राउ पुर्जी जारी भएका २ जना छन् ।
यो वर्ष आत्महत्या दुरुत्साहनका ३ घटनाका आरोपितहरुमा पति, सासु, ससुरा र देवर छन् । जसमध्ये १ जना पुर्पक्षका लागि धरौटी राखी तारेखमा रिहा भए भने ५ जना गिरफ्तार भएका छैनन् । बालिका बलात्कारको १६ घटनामा ५,६ देखि १८ वर्षभित्रका १७ जना पीडित भएकी छिन । पीडितमध्ये १ जना अपाङ्गता भएकी बालिका छिन् । आरोपित १५ वर्षदेखि ७१ वर्षका २४ जना छन् । जसमा २ जना आरोपित पीडितका बुवा नै छन् । आरोपितमध्ये ४ जना पुर्पक्षका लागि थुनामा, १ बालक अभिभावकको जिम्माजमानीमा, २ जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १४ जना गिरफ्तार भएका छैनन् भने ३ जना हालै गिरफ्तार भएका छन् ।
यो वर्ष बाल यौन दुव्र्यवहारमा ९ घटनामा ९ देखि १७ वर्षीया १० बालिका पीडित भएकी छिन् । आरोपितमा १७ देखि ४८ वर्षीय ११ जना रहेका छन् । जसमा शिक्षकविरुद्धको एउटा उजुरी दर्ता भएन् । आरोपितमध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १ जना बालसुधार गृहमा, ३ जना फरार र २ जना पुर्पक्षका लागि थुनामा छन् भने ३ जना हालै गिरफ्तार भएका छन् । यो वर्षको अवधिमा ६ वर्षीय बालकमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् ।
महिला बलात्कारका ९ घटनामा १८ माथि ३० वर्षीयासम्मका ९ महिला पीडित भएकी छिन । बलात्कारको घटनामा १९ देखि ३३ वर्षीय ९ जना आरोपितहरु छन् । जसमा १ जना थुनामा, २ जना जिम्माजमानीमा र ३ जना पुर्पक्षका लागि धरौटीमा रिहा भएका छन् भने ३ जना फरार छन् ।
यो वर्ष महिला बलात्कार प्रयासका ९ घटनामा २० देखि ३१ वर्षीया महिला पीडित भइन् । यसमा २१ देखि ५० वर्षीय १३ जना आरोपित रहेका छन् । दुई ओटा उजुरी अनुसन्धानका क्रममा छ । बाँकी ७ घटनामध्ये १ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा र ३ जना फरार रहेका छन् । यौन दुव्यर्वहारका २ घटनामा पीडितले उजुरी फिर्ता लिइन् ।
बहुविवाहको ९ घटनामा २१ देखि ४६ वर्षीया महिला पीडित बनेकी छिन । आरोपितमध्ये ६ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए, १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भयो भने २ जना फरार छन् ।
गत वर्ष गर्भपतनको १ घटना अभिलेख थियो भने यो वर्ष २ घटना अभिलेख भएको छ । २४ वर्षीया महिला पीडित भएको घटनामा ४ जना आरोपित पुर्पक्षका लागि धरौटीमा रिहा भए भने ३० वर्षीया महिला पीडित भएको घटनामा १ जना पुर्पक्षका लागि धरौटीमा रिहा भए र १ जनाविरुद्ध म्यादी पुर्जी जारी भयो ।
बालविवाहका १ घटना जनप्रतिनिधी, प्रहरी, इन्सेक र गाउँलेको पहलमा रोकिएको छ भने २ बालविवाहको आरोपित १० मध्ये १ जना पुर्पक्षका लागि धरौटीमा रिहा, १ जनाविरुद्ध पक्राउ पुर्जी, ५ जनाविरुद्ध म्यादी पुर्जी र ३ जना फरार छन् । १४ वर्षीया १ बालिका अपहरणको आरोपमा १ जना आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
मानव वेचविखनको १, अपहरणको ३, गैरकानुनी थुनाको १, अमानविय व्यवहारको १, घरेलु हिंसाको ६ घटना अभिलेख गरिएको छ । कुटपिट÷दुव्र्यवहारको ६ घटनामा घाइते हुनेमा ४ कर्मचारी, १ शिक्षक, १ डाक्टर, १ सर्वसाधारण रहेका छन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत गत वर्ष झै यो वर्ष पनि ४ ओटा घटना अभिलेख भएको छ । वडा कार्यालय, डिहबार थान, विद्यालय तोडफोड भएको छ भने नाप नक्शा बनाउने समान फ्याँकिएको छ ।
इन्सेक सदस्य तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको अध्यक्षतामा आयोजित गोष्ठिमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, स्रेस्तेदार कुमार मास्के, एसपी अबिनारायण काफ्ले, सशस्त्र एसपी राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाह, जिल्ला न्याधिवक्ता मोहम्मद मुन्ना, सेनानी कर्मेन्द्रसिंह भाट, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासंघका प्रदेश २ अध्यक्ष शंकर शारदा, सामुदायिक सेवा केन्द्र अध्यक्ष हितनारायण लाल दास, राजविराज उच्च अदालत बार एशोसिएसन अध्यक्ष भरत यादव, सप्तरी जिल्ला बार एशोसिएसन अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघ अध्यक्ष श्रवण देव, मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साह, प्याब्सन सचिव संजय शर्मा, अधिवक्ताहरु मीना देव, मनु खनाल, पार्वती जोशी थारु, दानो चौधरीले धारणा राख्नु भयो ।
कार्यक्रममा कारागार कार्यालयका सन्दिप देब, समावेशी अपाङ्ग संघका अशोककुमार यादव, कानुन व्यवसायी उमाशंकर देव, पत्रकार दिनानाथ यादव, मैथिली महिला परिषदकी प्रतिमा देव, उमेश मेहतरलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६