नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को पाँचौ बैठकबाट एक करोडको कल्याण कोष स्थापना

  • प्रकाशित मितिः पुष १६, २०७८
  • मधेश स्पेशल
  • 901 पटक पढिएको

जनकपुरधाम / सर्लाही जिल्लाको हरिओनमा सम्पन्न नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को पाँचौ बैठकबाट एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउनका लागि आचार संहिता पालनका साथै उच्च नैतिक आचरणको प्रर्दशन र आत्मसमीक्षा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ ।


त्यसैगरी पत्रकारहरुको पेशागत सुरक्षा र भौतिक सुरक्षाका लागि सबै जिल्ला शाखाहरु अग्रसर हुनुपर्ने र पत्रकारहरुको निवृतिभरणका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउने बिनाकारण कामबाट निकालिएका पत्रकारहरुलाई पुर्नबहालीका लागि नेपाल पत्रकार महासंघ प्रदेश नं. २ ले पहल गर्ने भनिएको छ । कोभिड १९ का कारण ज्यान गुमाएका पत्रकार, पीडित पत्रकार र सञ्चारगृहलाई राहत दिने घोषणा गरेका प्रदेश सरकार हालसम्म कुनै पनि किसिमको राहत दिन नसकेको भन्दै प्रदेश सरकारलाई यस विषयमा पुनः ध्यानाकर्षण गराउने कुरा पनि सो घोषणापत्रमा उल्लेख छ ।


यसअघि सम्पन्न नैतिक पत्रकारिता आजको आवश्यकता भन्ने कार्यशाला गोष्ठी पनि सम्पन्न गरिएको थियो र सो गोष्ठीमा पत्रकारहरुसँग जोडिएका नैतिक सवालहरुमाथि छलफल भएको थियो । सो गोष्ठीमा बोल्दै प्रदेश नं। २ का मिडिया काउन्सिल अध्यक्ष शिवहरी भट्टराईले मिडिया काउन्सिलसँग पत्रकारहरुको अपेक्षा हुनु जायज हो तर नयाँ स्थापित काउन्सिलका बजेटहरु सरकारले नै ढिलो गरी बजेटको अख्तियार दिने गरेकोकारणले अपेक्षा अनुरुप काम हुन नसकेको स्वीकार गर्दै निकट भविष्यमै काउन्सिलले आचार संहिता, सूचनाको अधिकार सम्बन्धी कार्यशाला गोष्ठीहरु र पत्रपत्रिका, रेडियो टिभीहरुको वर्गिकरण गर्ने कार्य अघि बढाउने बताए ।


सो बैठकमा बोल्दै नेपाल पत्रकार महसंघका केन्द्रिय सदस्य केसी लामिछानेले संविधानमा वाक स्वतन्त्रता हुँदाहुँदैपनि पत्रकारहरुलाई पूर्ण प्रेस स्वतन्त्रता दिएर विशेष अधिकार दिएको भएपनि त्यसको दुरुपयोग गर्न नहुने बताए । उनले पत्रकार यसै समाजको व्यक्ति भएकोले आफूलाई विशिष्ठि भनेर ठान्नु नहुने र आचार संहिता र नैतिकतालाई पालन गर्नुपर्ने कुरामा जोड दिए ।


नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष राजेश कुमार कर्णले नैतिकता हनन भएको उजुरी आएको खण्डमा त्यस्ता पत्रकारहरुको बारेमा महासंघले छानबिन गर्ने र सदस्यताबाट वन्चित गर्न सकिने बताए । तर वर्षोदेखि पत्रकारिता गरेको भएपनि राजनीतिक एवं व्यक्तिगत कारणले सदस्यता नपाएका पत्रकारहरुलाई तत्काल सदस्यता दिइने र प्रत्येक वर्ष सदस्यता खुल्ला गरिने बताए ।

 

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष राजेश कुमार कर्णको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकारहरुले विभिन्न मिडिया हाउसहरुले सरकारी र गैर सरकारी विज्ञापनमा ५० प्रतिशतसम्म बढीसम्म कमिशन दिएर पत्रकारिता पेशालाई बदनाम गराउने कार्य गरिरहेको हुनाले यस्ता कार्य तत्काल रोक्नुपर्ने कुरा सहभागी पत्रकारहरुले उठाएका थिए ।
राजनीतिक दलका सक्रिय सदस्य रहेका र राजनीति पदमा समेत रहेका पत्रकारहरु कि त पत्रकारिता गरिनुपर्ने कि त राजनीति गरिनुपर्ने कुरा उनीहरुले उठाएका छन् ।

 

यसैबीच प्रदेश २ बाट आउनुभएका पत्रकारलाई हरिवनमा उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनाका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो ।

 

उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको हो । नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश २ का पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पीरमर्कालाई उठाइदिन आग्रह गर्नुभएको थियो ।

 

सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि आफूहरुको पीडालाई बाहिर ल्याएर ठूलो गुन लगाइरहेको मैनालीले बताउनुभयो । त्यसैगरी लालबन्दी तरकारी बजार समितिका तर्फबाट पत्रकारलाई गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिएको थियो ।

 

यस्तै कार्यक्रममा उपस्थित पत्रकारलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६