सिरहामा ट्रकमा आगजनी

  • प्रकाशित मितिः पुष 19, 2078
  • मधेश स्पेशल
  • 493 पटक पढिएको

सिबेन्द्र रोहिता

सिरहा । जनमत पार्टीका कार्यकर्ताले सिरहामा पुनः एउटा ट्रकमा आगजनी गरेको छ ।

 

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ११ बूँदे माग राखी पूर्व पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलंघन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले पूर्व पश्चिम लोकमार्गअन्तर्गत मिर्चैया बतहा नदीको पुलमा ना ४ ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।

 

यसअघि पनि जनमतका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएको थियो । किसान आन्दोलन गरिरहेका जनमत पार्टीले पूर्वपश्चिम राजमार्ग अनिश्चितकालिन बन्दको घोषणा गरेको छ ।

 

चालकमाथि कुटपिट गरी गाडीमा आगजनी गरेकाले जनमत पार्टीकै कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने प्रहरीको दावी छ । तर सो पार्टीका केन्द्रीय सदस्य निर्मल मण्डलले आगजनी कसले गरेको कुरा थाहा नभएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

नयाँ सरकार गठनका लागि राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका ५ बजे सकिँदै

काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद

सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६