प्रदेश २ को नाम मधेश प्रदेश राजधानी जनकपुर धाम पारित १८ वटा मत क्रस

  • प्रकाशित मितिः माघ ३, २०७८
  • मधेश स्पेशल
  • 618 पटक पढिएको

जनकपुरधाम । प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले नाम मधेस प्रदेश राजधानी जनकपुर धाम पारित भएको छ ।

प्रदेश २ को नाम र राजधानी आज टुङ्गो लागेको छ । प्रदेश सभामा भएको मतदान प्रक्रियाबाट यो यसको टुङ्गो लागेको हो ।

प्रदेशको राजधानी जनकपुर धाम तय भएको छ भने प्रदेशको नाम मधेस प्रदेश राखिएको छ । मधेस प्रदेशका लागि ९९ जनाले मतदान गरेका थिए त्यसमा ८० मत मधेस प्रदेशको पक्षमा खसेको थियो । त्यसमा मधेस प्रदेशको प्रस्तावक जनता समाजवादी पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको मात्र ६२ वटा मत रहेको थियो । त्यसमा १८ वटा मत क्रस भएको देखिन्छ ।


काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टी संस्थागतरुपमा मधेस प्रदेशको विपक्षमा थिए । काँग्रेस र एमालेले प्रदेशको नाम मिथिला भोजपुर हुनुपर्ने प्रस्ताव गरेका थिए भने नेकपा एकीकृत समाजवादी पार्टीले जानकी प्रदेशको प्रस्ताव गरेको थियो । तैपनि ती दलहरूबाट १८ वटा मत मधेस प्रदेशका लागि खसेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी मधेस प्रदेश प्रदेशसभाका संसदीय दलका नेता शत्रुधन महतोले गोप्य मतदान भएको तथा ह्विप पनि नलगाइकाले कसले मत हाले त्यो आफूलाई थाह नभएको बताए ।


प्रदेशसभामा काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको ११ र एमालेसहित ३६ मत थियो । नेता महतोले पक्कै पनि तीनै दलमध्येबाट नै १८ जनाले मधेस प्रदेशको पक्षमा मतदान गरेको हुनुपर्ने बताए । गोप्य मतदान भएको कारणले फलानो पार्टीका फलानो फलानो गरेको भन्न सकिने अवस्ठा छैन,ु उनले भने ।


प्रदेशसभाको दुई तिहाईभन्दा बढी मतले मधेस प्रदेश नाम तय भएको र त्यसलाई आफूहरुले पनि स्वीकार गरेको उनले बताए । ुहाम्रो दलले तराई मधेशको धरोहर, विश्वमै परिचित जानकीको नामबाट प्रदेशको नाम राखौँ भनेर प्रस्ताव गरेको थियो । तर बहुमत सदस्यले त्यसलाई अस्विकार गरेका छन्, बहुमतको मतलाई आफूहरूले पनि कदर गर्नुपर्छ,ु उनले भने ।


त्यस्तै, नेपाली काँग्रेस प्रदेशसभाका संसदीय दलका नेता रामसरोज यादवले पनि आफूहरूको चाहना मिथिला भोजपुरा प्रदेश हुनुपर्ने भएको र आफूले त्यसैमा मतदान गरेको तर गोप्य मतदान भएको कारणले कुन सांसदले कहाँ मतदान गरे आफूलाई जानकारी नरहेको बताए ।


उनले भने, सम्मानित सदनले पारित गरेको प्रदेशको नामलाई हामी पनि स्वीकार गर्छौँ । तर हामीले प्रस्ताव गरेको नाम प्रदेशको संस्कृति, भाषालाई पहिचान दिने खालको थियो तर त्यो बहुमतबाट अस्वीकार भयो ।’


प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । प्रदेशको नामका लागि ७० जनाको समर्थन चाहिन्थ्यो । त्यसमा अहिलेसम्म मधेस प्रदेशको समर्थनमा ६२ जना सुरुदेखि नै थिए । आठजना प्रदेशसभा सदस्य भने कम थिए । तर अन्त्यमा मधेस प्रदेशको नाममा १८ जनाले जसपाको प्रस्तावलाई समर्थन गरेका छन् ।


प्रदेशसभामा जसपाको ३८, लोसपाको १६ र माओवादी केन्द्रको ८ जना प्रदेशसभा सदस्य रहेका छन् । एमालेको ८, काँग्रेसको १९, नेकपा एकीकृत समाजवादी पार्टीको १३, नेपाल संघीय समाजवादी पार्टीको १ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६