मधेश प्रदेशसभाको दुई विषयगत समितिको सभापति पदका लागि मतदान हुँदै

  • प्रकाशित मितिः माघ 25, 2078
  • मधेश स्पेशल
  • 322 पटक पढिएको

जनकपुर, । मधेस प्रदेशअन्तर्गतका दुई वटा विषयगत समितिको सभापति पदका लागि आज प्रदेशसभामा मतदान हुँदैछ।

प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ९ बजे बस्ने प्रदेशसभाको बैठकमा कृषि तथा भूमि व्यवस्था समिति सभापतिका लागि मतदान हुनेछ भने दिउँसो १ बजे सार्वजनिक लेखा समितिको सभापति पदका लागि मतदान हुने कार्यतालिका छ।

लामो समयदेखि रिक्त प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समिति र कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्तागठबन्ध र प्रतिपक्षी गठबन्धनका तर्फबाट चार जनाले उम्मेदवारी दर्ता गराएपछि मतदान हुन लागेको हो।

सार्वजनिक लेखा समिति सभापतिमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नरेशकुमार राययादव र प्रतिपक्षी गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका प्रह्लाद गिरीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मदनसेन श्रीवास्तव र प्रतिपक्षी गठबन्धनको तर्फबाट नेकपा ९एमाले०का जगतारन देवी साह सुडीले उम्मेदवारी दर्ता गराएका छन्।

प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा भने नेकपा ९माओवादी केन्द्र०का जगतप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। सो समितिको सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।


प्राकृतिक स्रोत तथा वातावरण समितिका तत्कालीन सभापति माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल बर्खास्त भएपछि सो पद रिक्त भएको थियो। यस्तै कृषि तथा भूमि व्यवस्था समिति सभापति भएका वीरेन्द्रसिंह मन्त्री नियुक्त भएपछि उक्त समिति रिक्त छ।

सार्वजनिक लेखा समिति भने सुरुदेखि नै सभापति चयन हुनसकेको छैन । सार्वजनिक लेखा समितिमा ज्येष्ठताका आधारमा नेकपा एमालेका लगनलाल चौधरीलाई सभापतिको जिम्मेवारी दिएको थियो। सार्वजनिक लेखा समिति पद अहिले रिक्त रहेको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।

प्रदेशसभाअन्तर्गतको अर्थ तथा योजना समिति सभापतिमा जनता समाजवादी पार्टीका मनिष सुमन, विकास समितिमा जसपाकै शेष अब्दुल कलाम आजाद र प्रदेश मामिला सभापतिमा जसपाकै अशोक यादवलाई चयन गरिसकेको छ । महिला बालबालिका समितिको सभापतिमा लोसपाका जयनुल राइन छन्।

प्रमुख प्रतिपक्षीको हैसियतमा सार्वजनिक लेखा समितिको सभापति पनि आफूहरूले नै पाउनुपर्ने लोसपाका सचेतक परमेश्वर साहले बताए। मधेस प्रदेश सरकारमा सङ्घीय गठबन्धनजस्तै जसपा, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० सहभागी छन्।

यस प्रदेशमा केही दिनअघि सम्पन्न राष्ट्रियसभाको निर्वाचनयता लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा ९एमाले०को प्रतिपक्षी गबन्धन कायम छ। एक सय ४ सदस्यीय प्रदेशसभामा सत्तारुढ पाँच दलको ७८ प्रदेशसभा सदस्य छन् भने प्रतिपक्षी दल लोसपाका १६ र नेकपा ९एमाले०का आठ गरी प्रतिपक्षी गठबन्धनसँग २४ मात्र प्रदेशसभा सदस्य छन् ।

एमाले मधेस प्रदेशको सचेतकमा थापा

यसैबीच नेकपा ९एमाले० मधेस प्रदेश संसदीय दलको सचेतकमा शारदादेवी थापालाई चयन भएका छन्। एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले सचेतकमा थापालाई चयन गर्ने निर्णय गरेको हो। महोत्तरी क्षेत्र नं १ को ९क०बाट निर्वाचित थापा प्रदेश सभासदस्य हुन्।

विसं २०६१ बाट कम्युनिस्ट राजनीतिमा लागेकी थापाले २०६४ मा पार्टीको सङ्गठित सदस्यता लिएकी थिइन्।

थापा हाल एमालेको प्रदेश कमिटी सदस्यसमेत छन्। थापालाई सचेतकमा चयन गरेको सम्बन्धमा प्रदेशसभा सचिवालयलाई पत्रद्वारा जानकारी गराइसकेको एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए।(सेतोपाटाीबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६