वैशाख २ मा उम्मेदवारी दर्ता तयारी

  • प्रकाशित मितिः माघ 26, 2078
  • मधेश स्पेशल
  • 399 पटक पढिएको

काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने ।

 

आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनको पहिलो प्रक्रियाका रूपमा मतदाता नामावली सार्वजनिक गर्नुपर्छ । आयोगले मतदाताको विवरण तयार गरिसकेको छैन । २०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् । ‘अन्तिम मतदाता नामावली सार्वजनिक हुन कम्तीमा ३५ दिन लाग्न सक्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

 

आयोगले तयार गरेको नामावली वडा तहसम्मबाट रुजु भएपछि मात्रै सार्वजनिक गरिन्छ । आयोगले स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने अनुमान गरेको छ । २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए । निर्वाचन हुन ९४ दिन मात्रै छ ।

 

आयोगका प्रवक्ता शालिग्राम पौडेलले स्थानीय निर्वाचनसम्बन्धी नियमावली, निर्देशिका, कार्यविधिमा संशोधन गर्नुपर्ने प्रावधान पहिचान गर्न, कर्मचारी व्यवस्थापन गर्न, बजेट तर्जुमालगायतको काम गर्न छुट्टाछुट्टै कार्यदल बनेको जानकारी दिए । ‘आन्तरिक कार्यतालिका बनाइरहेका छौं । मतदाता नामावली संकलन स्थगन गर्‍यौं । अहिले प्रशोधनमा लागेका छौं,’ उनले भने ।

 

निर्वाचनमा लाग्ने खर्चको योजना बनाउन खटिएको टोलीले एक सातामा शीर्षकअनुसार अनुमानित खर्चको विवरण तय गर्नेछ । निर्वाचनमा आवश्यक जनशक्ति पहिचान गर्न अर्को कार्यदल सक्रिय भएको छ । ११ हजार ७ सय ८२ मतदान स्थल, ७ सय ५३ निर्वाचन कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालयमा खटिने कर्मचारीको गरेर बजेट तर्जुमा हुने आयोगले जनाएको छ । कोराना संक्रमणको जोखिम पनि भएकाले हरेक निर्वाचन स्थलमा एक जना स्वास्थ्यकर्मी परिचालन गर्न लागेको छ । जनशक्ति परिचालनका विषयमा कार्यदलले ३ दिनभित्र सिफारिस गर्ने र त्यही आधारमा निर्देशिका बनाइने आयोगले जनाएको छ । २०७४ को स्थानीय चुनावमा १० हजार ६ सय ४२ मतदान स्थलमा १८ हजार ५ सय ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो । (कान्तिपुरबाट)

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६