सिरहाबाट आधा दर्जन भन्दा बढी बन्दकर्ता पक्राउ

  • प्रकाशित मितिः फाल्गुन 4, 2078
  • मधेश स्पेशल
  • 210 पटक पढिएको

रोयाण्टर मण्डल
लहान । सिरहाबाट आधा दर्जन भन्दा बढी बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


एमसिसिको बिरोधमा बन्द गराउन निस्केका १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिमल्सिनाले बताएका छन् ।


पक्राउ पर्नेमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य रामनारायण सिंह,मधेश प्रदेश संयोजक तथा जिल्ला सेकरेटरी संजय सिंह, शम्भु साह , रन्जित साह,विष्णुलाल सिंह,राम किशोर दास , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विश्वकर्मा., उचित महरा, भतm बहादुर कार्कि लगायतका रहेका छन् ।


मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६