कृषि सहकारीको भवन शिलान्यास

  • प्रकाशित मितिः फाल्गुन ६, २०७८
  • मधेश स्पेशल
  • 1136 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । समाधान महिला कृषि सहकारी भवन निर्माणको लागि विहीवार शिलान्यास गरिएको छ । लहान नगरपालिकाका नगर प्रमुख मन्नी साहले शिलान्यास गरेका हुन् ।


सिरहाको लहान– २१ माधोपुरमा रहेको उक्त संस्थाको भवन निर्माणको लागि माधोपुरका कुशेश्वर यादवले सहकारीको भवन निर्माणको लागि ५ धुर जग्गा दान दिएपछि उक्त जग्गामा लहान नगरपलिकाको सहकार्यमा सहकारी भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

 


शिलान्यास कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमख चौधरीले “हाम्रो लहान, समृद्ध लहान, मुल नाराको साथ अघि बढ्न समाधान महिला कृषि सहकारी संस्थाको भूमिका प्रशंसनीय रहेको छ । नाम मात्रको झोले कृषि सहकारीहरुको भविष्य छैन ।’ लहान नगरपालिकाले सहकारीको मर्म र धर्म अनुसार काम गरेर रोजगारी सृजना गर्ने सहकारीहरुलाई पुरस्कृत र प्रोत्साहित गरि रहेको ” बताउनुभयो ।

 


२०७३ सालमा २५ जना महिलाहरुले २५ हजारबाट सुरु गरेको सहकारीको पुँजी अहिले १७ लाख रुपैयाँको पुँजी भएको छ । दुध उत्पादन तरकारी खेति र पशुपालनको लागि काम गरिरहेको समाधान महिला कृषि सहकारी लहान नगरपालिकाको लागि प्रेरणाको स्रोत भएका समाधान महिला कृषि सहकारीको अध्यक्ष दुर्गा देवी यादवको बताउनुभयो ।

 

May be an image of 8 people, people standing, tree and outdoors

May be an image of 8 people, people standing and outdoors

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६