एमसीसी टेबल गरेपछि नेकपा एमाले छलफलमा

  • प्रकाशित मितिः फाल्गुन 8, 2078
  • मधेश स्पेशल
  • 213 पटक पढिएको

काठमाण्डौ । सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो ।


आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् ।

 

‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’ स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत छन् ।


यसअघि एमसीसीबारे नेपालका राजनीतिक दलहरु विभाजित भएका बेला कुनै निर्णय गर्न नसकेको एमालेले संसदमा टेबल भएपछि मात्र आफ्नो पार्टीले धारणा बनाउने बताउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६