सुखीपुर (सिरहा) । नेपालमा तिन तहको सरकार निर्माण भएपछि विकासको गति तिब्र रुपमा बढेको छ । स्थानियतहहरुमा जनप्रतिनिधीहरुले विकास गर्दै गर्दा सो क्षेत्रका नागरिकले आफूले दिएको भोट सदुपयोग भएको भन्दै खुसी प्रकट गर्ने गरेका छन् । यस्तै जनप्रतिनिधीहरुमा नवराजपुर गाउँपालिका वडा नं. ५ का जनप्रतिनिधी पनि पर्दछन् भन्दा फरक नपर्ला ।
वडाको विकासको काममा आवश्यक पर्दा जनप्रतिनिधीहरु आफै कोदालो बोकेर काम गर्न लागिपर्छन । उक्त वडामा जनप्रतिनिधीहरुले सबैको सल्लाहमा विकासका कामहरु गरिरहेका स्थानिय बताउँछन् । हाल वडामै पक्की सडक लगायतका योजनाको रुपमा निर्माण कार्य भइरहेको पक्की सडक निर्माणमा वडा अध्यक्ष मनोज कुमार यादव आफै मजदुर जस्तै काममा लागिपरेका छन् ।
वडामा १ हजार ३ सय ४५ मिटर पक्की सडक निर्माण भए सकेको छ र अहिलेको आर्थिक वर्ष २०७८/०७९ मा वडा नम्बर ५ कै देवनगर गाउँमा श्रमदान मिलाएर जम्मा ३९ लाख रुपैयाँ बजेटमा पिसिसी सडक निर्माण भईरहेको छ । सडक निर्माणमा दैनिक २० देखी ३० जना स्थानियहरु कार्यरत छन् भने उनिहरुलाई केही समय काम गरे वापत राहत प्रदान गरिदै आएको छ ।
सडक निर्माण गर्न रेली गाडी लिएर काममा ब्यस्त वडा अध्यक्ष मनोज कुमार यादव गत २ हप्तादेखी निर्माण सडकमा प्रत्येक दिन वडा अध्यक्ष कहिले रेली गाडी , कहिले बेलचा र कहिले कोदालो लिएर काम गरिरहेका देखिन्छन् । श्रमदानको बदलामा वडाको विकासको काममा सहयोग गर्न आएका हुनाले आफु पनि सँगै काम गर्दा उहाँहरुको हौसला बढ्ने वडा अध्यक्ष यादवको भनाई रहेको छ ।
काम गरेर कोही सानो नहुने र वडावासीहरुले काम गर्नकै लागि चुनावमा जिताएर पठाउनुभएकाले जनप्रतिनिधीहरुले पनि विकासका काममा आवश्यक परे कोदालो बोक्न पर्ने वडा वडा अध्यक्ष यादवको भनाई रहेको छ ।
देशका विभिन्न स्थानियतहरुमा जनप्रतिनिधीले नागरिकको भावना अनुरुप काम गरेनन् भनेर विभिन्न समाचार आइरहँदा नवराजपुर –५ का जनप्रतिनिधीहरुले भने सबै जनप्रतिनिधी एउटै हुँदैन भन्ने सन्देश दिएका छन् ।
अध्यक्ष यादवले चुनावमा गरेको प्रतिवद्धताको ८० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताए । वहाँले आफनो वडामा जम्मा १ हजार ६ सय ४५ मिटर पक्की सडक , वडाको प्रत्येक गलीमा ग्राभेर, किसानका लागि विद्युतीकरण, वडा बासीका लागि झुल वितरण , आत्म निर्भर बनाउन सिपमुलक तालिम, खाने पानी ट्युवेल, त्रिपाल , बालबालिकाकाहरुका लागि झोला वितरण लगायतका कार्यक्रम गरेका छौ । विश्वको महामारी कोरोनाका प्रभावले सतप्रतिशत प्रतिवद्धता पुरा नभएता पनि आफुले वडाबासीलाई खुशी हुने विकास कार्य गरेर खुशि महशुस भएरहेको बताए ।
कुनै बेला यस वडामा पानीको मौसममा हिलाम्मैको कारण पैदल आउन जान समेत समस्या हुने वडामा पक्की सडक र टोल टोलमा ग्राभेर बाटो निर्माण भएपछि वडा बासी खुशी भएको छ । यो यस्तो वडा वडा अध्यक्ष जो कहिले आफनो वडाका जनता कहाँ अध्यक्ष नभएर समान्य मान्छे जस्तै प्रस्तुत हुने गरेका छन् । न त वहाँ घमण्ड छन् न त वहाँमा पदको धाक , जनताको नासो हो भनेर जनतालाई नै सर्वपरी मानी कार्य गरि रहेको स्थानीय संजय यादवले बतायो ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६