सुखीपुर (सिरहा) / तराई–मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो । सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।
होलीका अवसरमा विभिन्न जोगिरा, सांगीतिक तथा साँस्कृतिक कार्यक्रमहरु गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ ।
होली के हो र यो किन मनाइन्छ ?
नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । तीमध्ये होली पनि एक हो । जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ । फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।
होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।
होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।
होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ ।
नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।
नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्रि कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खलल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् ।
शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ । आजको दिन नेपालमा सार्वजनिक विदा दिईन्छ, उपत्यका लगायत अन्य ठाँउहरुमा आजै अर्थात फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलीका दिन विदा दिईन्छ ।
धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि ससाना बेलुनहरुका साथमा मज्जा लन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्कका लागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो ।
शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरी रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट वच्न हम्मे हम्मे पर्दछ । पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६